ओली सरकारको ५ महिने उपलब्धी सार्वजनिक (पूर्णपाठ सहित)

ओली सरकारको ५ महिने उपलब्धी सार्वजनिक (पूर्णपाठ सहित)

काठमाडौं , २८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन पश्चात गरेका मुख्य कामहरुको सूची सोमबार सार्वजनिक गरेको छ। पुस्तकको रुपमा सार्वजनिक गरिएको उपलब्धिमा सवैभन्दा अगाडि सिण्डिकेट अन्त्यलाई राखिएको छ।

असार मसान्तसम्मका गतिविधि समेटिएको उक्त प्रतिवेदनमा यातायात सिण्डकेट अन्त्य गरी देशभर नै रुट पर्मिट खुला गरिएको उल्लेख छ।

तस्कारमाथिको कारबाहीलाई सरकारको अर्को महत्वपूर्ण उपलब्धिका रुपमा राखिएको छ। ‘सुन तस्कारमाथि थालिएको कारबाहीबाट संगठित अपराधको सञ्जाल भत्काउने कार्यमा सफलता मिलेको छ,’ प्रतिवेदनमा उल्लेख छ। सुन तस्करीको सञ्जाल धेरै हदसम्म छिन्नभिन्न भएको दाबी सरकारको छ।

त्यसैगरी सार्वजनिक खर्चमा मितब्ययिता र प्रभावकारिता कायम गर्ने नीतिगत मार्ग निर्देशन २०७५ मार्फत मितब्ययीता कायम गरिएको भनाइ सरकारको छ। विकास निर्माणले तीव्रता पाएको, औचित्यहीन भ्रमण नियन्त्रण भएको दाबी उक्त प्रतिवेदनमा उल्लेख छ।

हेर्नुहोस् सरकारको उपलब्धी

kp-sharma-oli

प्रतिक्रिया