दुल्लुमा मनाइयो बाल दिवस

दुल्लुमा मनाइयो बाल दिवस

प्रविन शाही, दुल्लु दैलेख
यहाँको दुल्लु नगरपालिकामा राष्ट्रिय बाल दिवस मनाइएको छ । सुखी नेपाल समृद्ध नेपाल, बाल अधिकार सबैको सरोकार भन्ने मुल नारा सहित नगर स्तरिय वक्तृत्वकला प्रतियोगिता गरि बाल दिवस मनाइएको हो । दुल्लुको नेपाल राष्ट्रिय माध्यामिक विद्यालय किर्तिखम्बमा उक्त कार्यक्रम गरिएको थियो । साामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख, दुल्लु नगरपालिका, सेभ द चिल्ड्रेनको संयुक्त आयोजनामा दिवस मनाइएको हो ।
दिवसका अबसरमा आयोजित नगर स्तरिय वक्तृत्वकला प्रतियोगितामा नगरका १३ वटै वडाका १५ वटा विद्यालयको सहभागिता रहेको थियो । उक्त प्रतियोगितामा सरस्वती देवि मावि विनायकका छात्र जगत खत्री प्रथम, सरस्वती मा.वि. कृष्णकोटका छात्र प्रकाश खनाल द्धितीय, नेपाल राष्ट्रिय मा.वि किर्तिखम्बकी छात्रा एमुना पुरी तृतीय र प्रेमदेवी मा.वि धामिगाउँकी छात्रा मेनका योगीले सान्तोना भएका छन् ।

प्रतियोगितामा सहभागि सबै प्रतीयोगीलाई प्रमाणपत्र, खाजा खर्च र यातायात खर्च प्रदान गरिएको छ ।
कार्यक्रममा बोल्दै दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले बालबालिकाका अधिकारहरु संरक्षण गर्न नगरपालिकाले पहल थालेको बताउनुभयो । बालबालिकाले जन्मेदेखि बाँच्न पाउने, संरक्षण हुन पाउने, विकास अर्थपुर्ण सहभागीता हुन पाउने अधिकारलाई स्थापित गर्न नगरपालिकाले सक्दो प्रयास गर्ने बताउनुभयो ।
यस्तैै दुल्लु नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शम्शेर बहादुर शाहीले नेपालमा बालबालिकाहरुको अवस्थामा अपेक्षित सुधार आउन नसक्नुका मुख्य कारण बालविवाहको रहेको औल्याउनुभयो ।

प्रतिक्रिया