‘पञ्चकोशी आउनुस् है’

‘पञ्चकोशी आउनुस् है’

रूपक थापा, उपाध्यक्ष, दैलेख उद्योग वाणिज्य संघ

दैलेखमा पर्यटकीय महत्वका सम्पदा के के छन्रु
ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण छ हाम्रो दैलेख जिल्ला । यहाँका पञ्चकोशी तीर्थ, महाबु लेक, भूर्तिका पञ्चदेवल, दुल्लु क्षेत्र, गुराँसे, द्वारी झरना, कुइँया ताल, बेलाशपुर मन्दिर, बडा भैरब र दैलेख बजार लगायत सम्पदाले पर्यटकीय संभावना बोकेका छन्।

पञ्चकोशी तीर्थको महिमा के छ ?
पञ्चकोशी दर्शनले पितृ उद्धार, मनोकांक्षा पुरा हुनुका साथै आत्मीय आनन्द र शान्ति प्राप्त हुन्छ । श्रीस्वस्थानी व्रतकथासंग जोडिएका पाँचवटा पवित्र तीर्थ हाम्रै दैलेखमा छन् । महादेवले मृत सतिदेवीलाई बोकेर हिँड्दा शिर पतन भएको ठाउँ शिरस्थान, नाभि पतन भएको ठाउँ नाभिस्थान, धुलो पतन भएको ठाउँ धुलेश्वर, पादुका पतन भएको ठाउँ पादुका र कट्टी पतन भएको ठाउँ कोटिलालाई पञ्चकोशी भनिन्छ । शिरस्थान र नाभिस्थानमा अखण्ड ज्वाला छन् । तिनलाई ज्वालामाईका रुपमा पूजिन्छ।

कसरी घुम्न सकिन्छ पञ्चकोशीर ?
पञ्चकोशी पदयात्रा गर्ने चलन पुरानो हो । अचेल पाँचवटै तीर्थस्थलसम्म कच्चि मोटर बाटो खुलिसकेको छ । हिउँदमा जीपमा यात्रा गर्न सकिन्छ । एकै दिनमा पञ्चकोशी घुम्न    भ्याइन्छ । हामी पर्यटकलाई घुमाउँछौं।

दैलेख हुँदै बर्सेनी हजारौं नेपाली राराताल पुग्छन्, उनीहरु पञ्चकोशी कत्तिको घुम्छन्
थौरै मात्र पञ्चकोशी आइपुग्छन् । हामीले दैलेखको राम्रो मार्केटिङ गर्न सकेका छैनौं । त्यसैले न्यून पर्यटक दैलेख घुम्छन् । कम्तिमा एक रात दैलेखमा बसेर घुम्ने वातावरण बनाउन हामी प्रयास गरिरहेका छौं । कोहलपुरदेखि नै दैलेखका पञ्चकोशी लगायतका सम्पदा घुम्न होर्डिङ बोर्डहरू राख्ने योजनामा छौं । हाम्रो पार्क इन होटलले पञ्चकोशी प्याकेज बनाएर पर्यटकलाई घुमाईरहेको छ।

पञ्चकोशीमा खानेरबस्ने सुविधा कस्तो छ ?
पञ्चकोशीमा तीर्थालुका लागि पाहुना घर छन् तर सुविधायुक्त होटल तथा रेष्टुँरा छैनन् । त्यसैले दैलेख बजारमा बसेर घुमफिर गर्नु पर्छ । दैलेख बजारमा आधुनिक सुविधायुक्त एक दर्जन होटल छन् भने साना होटल तथा लजको संख्या धेरै छ। नागरिक न्युजबाट

प्रतिक्रिया