इथोपियन एयरलाइन्सको विमान दुर्घटनाग्रस्त

इथोपियन एयरलाइन्सको विमान दुर्घटनाग्रस्त

फाल्गुन २६, काठमाडौँ – इथोपियन एयरलाइन्सको बोइङ-७३७ विमान दुर्घटना भएको छ । राजधानी एडिस अबाबाबाट केन्याको राजधानी नैरोबी जाने क्रममा उक्त विमान आइतबार दुर्घटना परेको अधिकारीहरुले बताएका छन् । विमानमा एक सय ४९ जना यात्रु र ८ जना चालक दलका सदस्यहरु रहेको रोयटर्सले जनाएको छ ।इथोपियाका प्रधानमन्त्री अबी अहमदले दुर्घटनामा परी ज्यान गुमाउनेहरुलाई श्रद्धाञ्जली दिँदै मृतकको परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।
थप विवरण आउन बाँकी ।

प्रतिक्रिया