ओड्ने ओछ्याउन कपडा सहित पोषाक पाउँदाको खुसी

ओड्ने ओछ्याउन कपडा सहित पोषाक पाउँदाको खुसी

दैलेख चैत २९ ।
ओड्ने ओछ्याउने कपडा समेत प्रयाप्त मात्रामा नभएका बालक कमल उपाध्याय नयाँ कम्बल पाएसँगै निकै खुसी छन् । धार्मीक विद्यालयमा अध्ययनरत उनिसँग न ओड्नलाई गतिलो कम्बल थियो न लगाउनलाई कपडा नै । शुक्रवार उनले ओड्नलाई नयाँ कम्बल र लगाउनलाई नयाँ पोषाक पाए । उनि दुल्लु नगरपालिका–१० गमौडी नाविस्थान स्थित पञ्चकोशी वेद विद्या आश्रम, धार्मीक विद्यालयमा पढ्छन् ।

उनिजस्तै सोहि विद्यालयमा अध्ययरत सुरेन्द्र ज्ञवाली पनि धार्मीक विद्यालयको पोषाक र कम्बल र विछाउने कपडा पाउँदा निकै खुसी भए । परालको ओच्छ्यानमा दिन काट्दै आएका उनि नयाँ कम्बलसंगै पोषाक पाउँदा खुसी भएका हुन् ।
पोषाक र कम्बल पाएपछि अब पढ्नलाई निकै सहज हुने यहाँ अध्यनरत विद्यार्थीहरुको भनाई छ । यो धार्मीक स्कुलमा ११ जना बालबालिका अध्ययनरत छन् । यिनै बालबालिकाहरुलाई लक्षित गरेर सामाजिक अभियान्ता हीरासिंह थापाले आफ्नो जन्मदिनको अबसरमा विद्यालय पोषाक वितरण गर्नुभएको हो । जिल्ला समन्वय समिति दैलेखका इन्जिनियर थापाले आफ्नो जन्मदिनको अबसर पारेर बालबालिकालाई टिर्सट, धोती, गम्छा प्रदान गर्नुभएको हो । दैलेखको सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका अध्यक्ष समेत रहनुभएको थापाले विद्या आश्रमलाई २५ मिटर बराबरको पिफर्म समेत प्रदान गर्नुभएको छ ।


यूएनडीपीको एनपिस अवार्डबाट सम्मानित थापाले हरेक बर्ष आफ्नो जन्मदिन फरक–फरक ढंगले मनाउने गरेको बताउनुभयो । दुई बर्ष अघि दैलेख समरमुकाम नजिकैको नमुना बादी बस्तीका बालबालिकालाई छात्रबृति दिएर जन्म दिन मनाउनु भएका उहाँले गत बर्ष मात्रै बाल मन्दिर आधारभुत विद्यालयका बालबालिकालाई छात्रबृति प्रदान गर्नुभएको थियो ।
बालविवाह, छाउप्रथा, महिला हिंसा, छुवाछुत लगाएतका विकृतिलाई न्यूनिकरण गर्न होमिनुभएका अभियान्ता थापाको जन्मदिनको अबसरमा कर्णाली प्रदेश सभा प्रमुख प्रतिपक्ष दलका नेता जीवन बहादुर शाही र समाजसेवी विना श्रेष्ठले विद्या आश्रमका बालबालिकालाई कम्बल सहयोग गर्नुभएको नेपाल महिलासंघ दैलेखका अध्यक्ष सिता कुमारी रानाले बताउनुभयो । उहाँका अनुसार दलका नेता शाही र समाजसेवी श्रेष्ठले १० वटा कम्बल प्रदान गर्नुभएको हो । पञ्चकोशी वेद विद्या आश्रम, धार्मीक विद्यालय दुई जना शिक्षक र ११ जना विद्यार्थीहरुलाई समाग्री प्रदान गरिएको अध्यक्ष रानाको भनाई छ । यो सहयोगसँगै सोहि विद्यालयमा थप सहयोग आउने विश्वास उहाँको छ । पोषाक र कम्बल पाएसँगै विद्या आश्रमको पढाईमा सहजता हुने शिक्षक दिपक कुमार पाण्डेले बताउनुभयो । २०७३ सालमा स्थापना गरिएको उक्त विद्यालयमा १४ जना भर्ना भएपनि हाल ११ जना अध्ययनरत छन् ।

प्रतिक्रिया