भारतीय पूर्वविदेशमन्त्री स्वराजको निधन

भारतीय पूर्वविदेशमन्त्री स्वराजको निधन

काठमणडौ साउन २२ ।
भारतका पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधन भएको छ ।उनको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा ६७ वर्षको उमेरमा निधन भएको हो ।

२५ वर्षको उमेरमा राजनीतिमा आएकी उनी तीनपटक विधानसभा चुनाव लडिन् र जितिन् । उनी सातपटक सांसद भएकी थिइन् ।
उनलाई एक प्रखर वक्ता, प्रभावी राजनीतिकर्मी र कुशल प्रशासक मानिन्छ ।भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलगायतले श्रदाञ्जली दिएका छन् । मोदीले एक असाधारण नेताको निधनले देश शोकमा रहेको बताएका छन् ।

भारतीय जनता पार्टीका कार्यकारी अध्यक्ष जेपी नड्डाका अनुसार स्वराजको पार्थिव शरीर बुधबार १२ बजेदेखि ३ बजेसम्म अन्तिम श्रदाञ्जलीका लागि पाटी कार्यालयमा राखिनेछ । त्यसपछि लोधी रोडको क्रेमेटोरियममा राष्ट्रिय सम्मानका साथ उनको अन्तिम संस्कार गरिनेछ ।

प्रतिक्रिया