पहिलो पटक भिडियो कन्फरेन्स मार्फत मन्त्रिपरिषद् बैठक

पहिलो पटक भिडियो कन्फरेन्स मार्फत मन्त्रिपरिषद् बैठक

ज्वालासन्देश अनलाइन
काठमाडौं, भदौं ९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सिङ्गापुरबाटै भिडियो कन्फरेन्स मार्फत मन्त्रिपरिषद् बैठक सञ्चालन गरेका छन् । संभवत नेपालमा भिडियो कन्फरेन्स मार्फत मन्त्रिपरिषद् बैठक भएको यो पहिलो हो ।
प्रधानमन्त्री ओली स्वास्थ्य उपचारका लागि विहीबार सिंगापुर प्रस्थान गरेका थिए ।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले ट्वीट मार्फत भिडियो कन्फरेसन भएको पुष्टि गर्नु भएको हो ।

प्रधानमन्त्रीले आफ्नो आधिकारी ट्वीट मार्फत बैठकमा सहभागी सबैलाई धन्यवाद व्यक्त गरेका छन्। ट्वीटरमा भनिएको छ –प्रविधि र प्राबिधिकलाई धन्यवाद दिन चाहन्छु । ट्वीटर सन्देशमा अगाडि भनिएको छ –आज पहिलो चोटी सिंगापुरबाट टेलिप्रिजेन्स मार्फत मन्त्रिपरिषदको बैठक बस्न सकियो । मन्त्रिपरिषदका सबै सहभागी साथीहरूलाई धन्यवाद । प्रधानमन्त्री तथा मन्त्रिपरिषद सचिवालयका सबै सहयोगीहरूलाई पनि धन्यवाद ।

प्रतिक्रिया