शरीरको कुन अंग फरफराउँदा के हुन्छ, जान्नुहोस् अर्थ

शरीरको कुन अंग फरफराउँदा के हुन्छ, जान्नुहोस् अर्थ

ज्योतिषमा अंग फरफराउनुलाई शुभ-अशुभसंग जोडिनेगर्छ। कुनै अंग फरफराउनु शुभ मानिन्छ भने केही अंगको फरफराहट अशुभ मानिन्छ। शुभ अर्थात भविष्यमा केही राम्रो, शुभ सामाचार प्राप्त हुनेछ। अशुभ अर्थात केही दुखद हुन सक्दछ।

सामान्यतया: दाँया अंग फरफराउनु शुभ मानिन्छ भने बाँया अंग फरफराउनु अशुभ मानिन्छ। स्त्रीको लागि बाँया अंग फरफराउनु शुभ मानिन्छ भने दाँया अंग फरफराउनु अशुभ मानिन्छ।

  • लगातार दाहिने परेला फरफराए शारिरीक कष्ट हुन सक्दछ।
  • मुख फरफराउनु छोराको तर्फबाट शुभ समाचारको सूचक हो।
  • ओठको दाहिने कुना फरफराउँदा अचानक धन लाभ हुने योग बन्न सक्छ।
  • यदि ओठको बाँया कुना फरफराएमा कुनै प्रिय वस्तु हराउन सक्दछ्।
  • दाहिने आँखा वा आँखी भौँ फरफराएमा कुनै खास इच्छा पुरा हुनसक्दछ।
    त्यस्तै बाँया आँखा वा आँखी भौँ फरफराएमा शुभ समाचार प्राप्त हुनेछ।
  • टाउको फरफराएमा सुख-सुविधा तथा सफलता मिल्नेछ।
  • यदि दुवै गाला फरफराएमा व्यक्तिलाई धन प्राप्ति हुनेछ।
  • यदि कुनै व्यक्तिको दुवै ओठ एक साथ फरफराउँछ भने उसला‌‌ई भाग्यको साथ धन लाभ हुनेछ।
  • यदि कुनै व्यक्तिको आँखी भौँको बीचमा फरफराउँछ भने उसलाई सुख-सुविधा प्राप्त हुने सम्भावना रहन्छ। यस्तो व्यक्तिले निकट भविष्यमा कुनै ठुलो उपलब्धि हासिल गर्न सक्दछ।
  • घाँटी फरफराउनु शुभ मानिन्छ। यस्ता मानिसको मान-सम्मान वृद्धि हुनेछ। समाजमा प्रसिद्धि बढ्नेछ। र सुख सुविधा प्राप्त हुनेछ।
  • बाँया तर्फको जांघ फरफराउदाँ व्यक्ति अपमानित हुनुपर्ने हुन्छ। भने दाँया जांघ फरफराउदाँ धन लाभ हुनेछ।
  • दाहिने खुट्टाको पैतला फरफराउदाँ कठिनाइको सामना गर्नुपर्नेछ। बाँया खुट्टाको पैतला फरफराउँदा यात्राको अवसर प्राप्त हुनेछ।
  • यदि दाहिने पिडौला फरफराउँछ भने पैसा प्राप्त हुन सक्दछ।

प्रतिक्रिया