इन्डोनेसियामा नेपाल भ्रमण वर्षको प्रचार

इन्डोनेसियामा नेपाल भ्रमण वर्षको प्रचार

काठमाडौं माघ २१ । इन्डोनेसियाको बालीमा संयुक्त राष्ट्रसंघ (यूएन) को कार्यक्रममा नेपाल भ्रमण वर्षको प्रचार–प्रसार गरिएको छ । नेपालबाट विभिन्न विधामा प्रतिनिधित्व गर्ने युवाहरुले नेपाल भ्रमण वर्ष २०२० बारे प्रचार गरेका हुन् । विश्वभरका ४० भन्दा बढी देशबाट दुई सय ३० जना युवाहरु सहभागि भएको कार्यक्रममा नेपालबाट १२ जना सहभागि भएका थिए ।

सोही अबसरमा नेपाली संस्कृति, नेपालका घुम्नै पर्ने पर्यटकीय क्षेत्रबारे जानकारी गराइएको नेपालबाट सहभागि सुर्खेतकी रचना सुनारले जानकारी दिइन् । नेपालको परिचयका साथ नेपाल भ्रमण बर्षबारे प्रचार गरिएको उनको भनाई छ ।

प्रचारमा विश्व सम्पदा सूचीमा सुचिकृत नेपालका स्थान, बुद्ध जन्मस्थल लुम्बिनी, सर्वोच्च शिखर सगरमाथा विभिन्न तालहरु समेटिएको थियो । नेपालको झण्डा सहित नेपाली पोषाकमा नृत्य र गीत प्रस्तुत गरिएको सुनारले बताइन् । नेपाली युवाहरुले विभिन्न देशबाट प्रतिनिधित्व गर्ने युवाहरुलाई मायाको चिनो प्रदान गर्दै नेपाल भ्रमण गर्न निम्तो समेत दिएका छन् ।

‘भिन्न भिन्न देशबाट सहभागि कार्यक्रममा नेपाल भ्रमण बर्षबारे जानकारी दिएका हौ,’ सुनारले भनिन्- ‘व्यक्तिगत रुपमा युवाहरुले गरेको नेपाल भ्रमण बर्षको प्रचार प्रसारले बढि भन्दा बढि पर्यटक भित्राउन टेवा पुग्नेछ ।’ अन्तराष्ट्रिय ग्लोबल नेटवर्कद्धारा अयोजित कार्यक्रममा यूएनले गरिरहेको काम, युवा नेतृत्व विकास, दिगो विकासका लक्ष प्राप्ती लगाएतका विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया