भारतमा बढ्दै संक्रमण : २ हजार ९ सय संक्रमित, ६८ को मृत्यु

भारतमा बढ्दै संक्रमण : २ हजार ९ सय संक्रमित, ६८ को मृत्यु

नयाँदिल्ली : भारतमा कोरोना भाइरस महामारीबाट मृत्यु हुनेको संख्या ६८ पुगेको छ ।शनिबार दिउँसोसम्म २ हजार ९ सय २ जना संक्रमित भइसकेका छन् । तर १ सय ८३ जना उपचारपछि घर फर्किएका छन् । सबैभन्दा धेरै महाराष्ट्रमा ४७ जना संक्रमित भएका छन् । त्यस्तै आग्रामा २५ जना पुगे ।

भारतमा पछिल्लो समय संक्रमित र मृत्युको संख्या ह्वात्तै बढेको हो । सरकारले यसअघि सार्वजनिक गरेको तथ्यांक अनुसार २४ घण्टाको अवधिमा १२ जनाको मृत्यु भएको थियो । कोरोना भाइरसबाट विश्वभर ५८ हजार ८ सय ७१ जनाको मृत्यु भइसकेको छ । र झण्डै ११ लाख संक्रमित भइसकेका छन् ।

प्रतिक्रिया