फुर्सदका बेला : मेरो समय

          |   प्रकाशित मितिः शुक्रबार, चैत्र २८, २०७६     ::: 767 पटक पढिएको   |  

सविता अधिकारी
विरेन्द्रनगर–११, सुर्खेत

म सेडा आवासीय विद्यालयमा अध्ययन गर्छु । मैले कक्षा आठको परिक्षा दिएर बसेकी छु । बि.एल.ई. को परिक्षा भएको हुनाले हाम्रो परिक्षा फागुण २८ बाट सुरु भएर चैत्र ६ सम्म सकिनु पर्ने हो तर हाम्रो विद्यालयमा स्थानीय विषयमा ऐच्छिक गणित हामीलाई कक्षा ९ र १० मा अध्ययन गर्न सजिलो हुने भएकाले कक्षा ८ बाटै राखिएको थियो । त्यसको परिक्षा हुन बाकी नै थियो ।
विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण हाम्रो परिक्षा सफल हुन सकेन । छिमेकी राष्ट्र चिनबाट उत्पत्ति भएर आज संसारभर फैलिसकेको छ । हाम्रो अर्काे छिमेकी राष्ट्र भारतमा पनि यो फैलिसकेको छ । कोभिड १९ भाइरस हाम्रो देशमा ९ जनालाई देखिएको भएता पनि पहिले नै सावधानी अपनाउनु राम्रो हुने देखिएकाले लकडाउन चलिरहेको छ । लकडाउनले गर्दा धेरै पछि हाम्रो घरमा सबै जना आउनुभएको छ । मेरो एउटा दादा हुनुहुन्छ उहा काठमाण्डौंबाट आउनु भएको छ । मेरो बाबा पनि घर आउनु भएको छ । धेरै समय पछि दादा र बाबालाई घरमा देखेर मलाई मनैबाट खुशी लागेर आएको छ ।
कारण हामी बाहिर जान पाउँदैनौ । त्यसैले लकडाउनको समय घरमै बिताउन मैले नजानेका कुरा र आफुलाई गर्न मन पर्ने काम गरिरहेकि छु । घरमै बसेर मम्मीलाई खाना बनाउन सहयोग गरिरहेकी छु । आफुलाई बनाउन नआउने खानाको परिकार आफुभन्दा ठुला दिदी, मम्मी र इन्टरनेटबाट सिकिरहेकी छु । आफैले बनाएको नयाँ खानाको परिकार अरुलाई दिदा आफुलाई फरक किसिमको अनुभुती हुने रहेछ । लकडाउनको पहिलो दिनदेखि आज सम्म पुग्दा धेरै परिकारका खाना पकाउन सिकिसकेकी छु । बस्दा बस्दा मलाई अप्ठ्यारो लाग्यो भने म गित सुन्ने अनि नाच्ने गर्दछु । मलाई चित्र बनाउन र नृत्य असाध्यै मन पर्छ । विद्यालयमा हुदाँ नृत्य प्रतियोगिता र चित्रकला प्रतियोगितामा प्रथम हुने गर्थे । विद्यार्थी भएकाले म सँग धेरै समय हँुदैन । त्यसैले बिदाको समयमा आफुलाई मनमा लागेका चित्र बनाउने नाच्ने र मन लागेको उपन्यास पढ्ने गर्छु ।
मलाई पढाईका साथै लेख्न पनि औधी मन पर्छ । विदाको मौका पारेर खेर गएका सामाग्रीको पुनः प्रयोग पनि गरेकी छु । मैले बोतलबाट फुल र पेन्सिल राख्ने बनाउन जानेकी छु । पुरानो कार्डबोर्डलाई पुनःप्रयोग गरेर सानो घर बनाउदैछु । हामीले खाली समयमा हाम्रो समय बेतित गर्नु भन्दा नजानेको कुरा सिक्यौ भने काम लाग्छ ।
समय मानव जिवनको लागि एकदमै महत्वपूर्ण पात्र हो । समयले कसैलाई पर्खिदैन र हामीले समयलाई कहिल्यै पैसासँग किन्न सक्दैनौ । त्यसै कारणले हामी समयसँगै हिड्नु पर्छ । हामीले समयमा रमाईलो गर्नुपर्छ तर आफ्नो महत्वपूर्ण कामहरु सकाएर मात्रै हो रमाईलो गर्ने ।
आफ्नो जीवन आफ्नै तरिकाले जीउन सिक्नुपर्छ मेरो मान्यता छ । अरुले भनेको कुरा सुन्न लाग्यौ भने हामी कहिल्यै पनि अघि बढ्न सक्दैनौ । त्यसैले अरुले भनेको कुरा नसुनौ आफुलाई मन पर्ने राम्रो काम गरौ र सधै खुसिमा रमाऔ ।
आजको यो कठिनपूर्ण क्षणमा एकले अर्काेलाई र सरकारलाई घरभित्रै बसेर सहयोग गरौ । देशभर बिरामीका लागि स्वास्थकर्मी, सुरक्षाका लागि सुरक्षाकर्मी र सूचनाका लागि पत्रकार मैदानमा हुनुहुन्छ । उहाँहरुले आफ्नो ज्यानको प्रवाह नगरी यती धेरै काम गरिरहनु भएको छ । हामीले पनि उनीहरुलाई हौसला दिएर घरमै बसेर सहयोग गर्नुपर्छ । म भगवानसँग प्रार्थना गर्छु कि हामी सबैलाई सुरक्षित रहन तपाई हामी घरभित्रै बसौं ।
मैले यो विदाको समयमा एउटा उपन्यास अध्ययन गरी सकेकी छु । नारायण वाग्लेद्धारा लिखित मदन पुरस्कार प्राप्त उपन्यास पल्पसा क्याफे । यो उपन्यास एउटा पेन्टरको जीवनमा आधारित छ । यो एकदमै राम्रो उपन्यास हो । यो उपन्यास नेपाली, अंग्रेजी, कोरियन र फ्रेन्च भाषामा उपलब्ध छ । प्राय ः यो उपन्यास जुनसुकै पुस्तकालयमा प्राप्त गर्न सकिन्छ । यो उपन्यासले आफ्नो मनमा लागेका कुरा अरुसँग प्रष्ट राख्न उत्साहित गर्छ । हरेक व्यक्तिले आफ्नो बारेमा मात्रै नसोचेर अरुले के सोचिरहेका छन् र कस्तो चाहना राखेका हुन्छन् भन्ने कुरा उपन्यासमा उल्लेख गरिएको छ । हरेक व्यक्तिले सबैको कुरा वुझ्नु पर्छ र सबैको सम्मान गर्न जान्नु पर्छ । असहाय र दिनदुखीलाई सहयोग गर्नु सबैको कर्तव्य हो । हरेक घटना किन भइरहेका छन् त्यस्ता घटनाहरुको जानकारी राख्न आवश्यक छ ।
यदी लकडाउन यसरी नै बढ्दै गयो र फुर्सद भयो भने महाकवी लक्ष्मीप्रसाद देवकोटाद्धारा लिखित शाकुन्तलम महाकाव्य पनि अध्ययन गर्ने सोच राखेकी छु । मैले सुनेकी छु यो पुस्तक देवकोटाद्धारा लिखित उत्कृष्ट महाकाव्य हो । यदी पढेर सके भने उक्त महाकाव्यबाट सिकेका र मैले बुझेका कुरा यसरी नै जानकारी गराउने छु । तपाईलाई पनि फुर्सद छ भने यसरी नै पढ्ने गर्नुहोस है !!



Leave a comment

Your email address will not be published.


*