दैलेखमा १ सय १३ जनाको आरडीटी टेस्ट : सबैको रिर्पोट नेगेटिभ

दैलेखमा १ सय १३ जनाको आरडीटी टेस्ट : सबैको रिर्पोट नेगेटिभ


दैलेख वैशाख ५ गते । दैलेखमा कोरोना भाइरसको दु्रत परीक्षण थालिएको छ । कोरोनाको दु्रत परीक्षण ¥यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट एन्टिबडी परीक्षण थालिएको हो । भारत लगाएत अन्य मुलुकबाट आएका, क्वारेन्टाइनमा बसिरहेका र स्थानीय व्यक्तिहरुको रगत संकलन गरी परीक्षण गरिएको हो । जिल्लाभर ११३ जनाको कोरोना भाइरसको दु्रत परीक्षण गरिएको छ । जिल्लाका चार स्थानीय तहमा एक सय १३ जनाको परीक्षण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले जानकारी दिए ।
स्वास्थ्य सेवा कार्यालय दैलेख र स्थानीय तहको स्वास्थ्य संस्थाको समन्वयमा ¥यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) प्रविधि मार्फत परीक्षण गरिएको हो । नारायण नगरपालिका र दैलेख अस्पतालमा गरी २७ जना,आठबीस नगरपालिकामा ८२ जना, ठाटीकाँध गाउँपालिकामा ३ जना र नौमूले गाउँपालिकामा १ जनाको आरडीटी विधिबाट परीक्षण गरिएको हो । कोरोनाको द्रुत परीक्षण गर्दा सबैको रिर्पोट नेगेटिभ आएको क्षेत्रीले बताए ।
जिल्लाभर ८८ जनाको स्वाबको नमुना संकलन गरि पीसिआर परिक्षणका लागि पठाईएको थियो । नारायण नगरपालिका र दैलेख अस्पतालमा गरी १५, दुल्लु नगरपालिकाबाट ६, चामुण्डाविन्द्रासैनी नगरपालिकाबाट १७, आठबीस नगरपालिकाबाट २७, नौमूले गाउँपालिकाबाट ९, भगवतीमाई गाउँपालिकाबाट ७ र डुङ्गेश्वर गाउँपालिकाबाट ७ जना गरी ८८ जनाको स्वाब संकलन गरि पठाईएको थियो । ती मध्ये ४६ जनाको रिर्पोट नेगेटिभ आएको बताईएको छ । ४२ जनाको रिर्पोट आउन बाँकी रहेको सहायक प्रमुख जिल्ला अधिकारी क्षेत्रीले बताए ।
जिल्लाभर आरडीटी वीधिबाट परिक्षण गरिएका व्यक्तिहरुमा शंकास्पद् देखिएको छैन् । ‘¥यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) प्रविधि मार्फत अहिलेसम्म गरिएको परीक्षणमा शंकास्पद् बिरामी फेला परेको छैन्,’ दैलेख अस्पतालका डा. निरन्जन पन्त भन्छन् । जिल्लामा पीसीआर भन्दा आरडीटिबाट धेरै जनाको परीक्षण गरिएको छ ।

प्रतिक्रिया