भारतीय डाक्टरले गरे कोरोना संक्रमितमाथि नै यौन दुर्व्यवहार !

भारतीय डाक्टरले गरे कोरोना संक्रमितमाथि नै यौन दुर्व्यवहार !

मुम्बइ : भारतको मुम्बइस्थित एक अस्पतालमा कोभिड-१९ का बिरामीमाथि चिकित्सकले यौन दुर्व्यवहार गरेको भन्दै उजुरी परेको छ । मुम्बइको वकहार्ट अस्पतालको आईसियूमा भर्ना गरिएका ४४ वर्षीय पुरुष बिरामीले आफूमाथि यौन दुव्र्यवहार भएको भन्दै ३४ वर्षीय चिकित्सकमाथि मुद्दा दायर गरेका हुन् । मे १ मा यस्तो घटना भएको भन्दै मुद्दा दायर भएको हो । अस्पतालले भने ती चिकित्सक एक दिनअघि मात्रै अस्पतालमा काम सुरु गरेको जनाएको छ ।

अग्रिपाडा प्रहरीले भने आरोपित चिकित्सकलाई संक्रमण भएको हुनसक्ने भन्दै पक्राउ गरी सोधपुछ गर्नुको सट्टा उनकै अपार्टमेन्टको कोठाभित्र ‘होम क्वारेन्टाइन’मा राखी अनुगमन गरिरहेको छ ।यस्तो घटनापछि अस्पतालले आइतबार विज्ञप्ति जारी गर्दै आरोपित चिकित्सकलाई निस्कासन गरेको जनाएको छ । इन्डियन एक्सप्रेसका अनुसार त्यस्तो घटना शुक्रबार राति साढे ९ बजेतिर भएको थियो ।

अस्पतालको १० औं तलामा रहेको आईसियूमा उपचाररत ती बिरामीले चिकित्सकले हेरचाह गर्ने वहानामा आफूमाथि यौन दुव्र्यवहार गरेको आरोप लगाएका थिए । घटना लगत्तै बिरामीले अस्पतालका कर्मचारीलाई जानकारी गरेको बताएका छन् । ८० जना कर्मचारीमा कोभिड १९ संक्रमण देखिएपछि बन्द रहेको मुम्बइको वकहार्ट अस्पताल गत अप्रिल २३ देखि फेरि सञ्चालन भएको हो ।

प्रतिक्रिया