भारतमा रहेका अछामका ३ जनामा कोरोना संक्रमण

भारतमा रहेका अछामका ३ जनामा कोरोना संक्रमण

अछाम वैशाख २७ गते : अछाम घर भइ हाल भारतमा रहेका एकै परिवारका ३ जनामा कोरोना संक्रमण देखिएको छ । साँफेबगर नगरपालिका–३ सिद्धेश्वर घर भइ रोजगारको सिलसिलामा भारतको पुनामा रहेका ३ जनामा कोरोनाको संक्रमण भेटिएको हो । श्रीमान् ,श्रीमती र ८ महिने छोरालाई संक्रमण देखिएको आफन्तले बताएका छन् । स्वास्थमा समस्या देखिएपछि परीक्षण गराउँदा तीनै जनामा संक्रमण देखिएपछि पुनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।  यसअघि भारतको मुम्बइमा बस्दै आएका चौरपाटी गाउँपालिका ५ लुग्राका एकै परिवारका ८ जनालाई कोरोना संक्रमणको पुष्टी भएको थियो । संक्रमित सबैजना उपचारपछि निको भइसकेका छन् ।

प्रतिक्रिया