कर्णालीका नागरिकको पसिना पनि राज्यको ढुकुटीमा छ : सांसद विशुन्के

कर्णालीका नागरिकको पसिना पनि राज्यको ढुकुटीमा छ : सांसद विशुन्के

काठमाण्डौ वैशाख ३० गते ।
प्रतिनिधि सभा सदस्य पार्वती विशुन्केले राज्यले कर्णालीलाई जहिले पनि बजेटमा पक्षपात पूर्ण व्यवहार देखाउँदै आएको बताएकी छिन् । उनले सामाजिक न्यायसहितको बजेट वितरण गर्न माग समेत गरेकी छिन् । सोमवार प्रतिनिधिसभाको बैठकमा नेपाल सरकारको विनियोजन विधेयक २०७७ का सिद्दान्त र प्राथमिकता माथि आफ्नो भनाई राख्दै उनले यस्तो सुझाव दिएकी हुन् ।
‘विषय बस्तु सोलो डोलोमा आएको छ, खास पछाडी परेको क्षेत्र समूदायलाई विशिष्टीकरण गरि जानुको विकल्प छैन, यसका लागि सरकारले कर्णालीलाई विशेष ध्यान देओस,’ उनले भनिन् ‘कर्णालीमा पनि मानव समाज छ, कर्णालीका नागरिकको पसिना पनि राज्यको ढुकुटीमा छ भन्ने कुरा राज्यले नभुलोस् ।’ सांसद विशुन्केले कर्णालीको बेरोजगारी, गरिबी, शिक्षाको स्तर उठाउने अपराधको रुपमा रहेको जातिय विभेद उन्मुलन गर्ने नीति ल्याउनु पर्ने उनले माग गरिन् ।
‘कर्णालीको पानी उपयोग गर्ने, पर्यटन विकास र प्रवृद्धन गर्ने, कृषिमा आधुनिकिकरण गर्ने, जडिबुटी प्रशोधन र प्रवद्र्धन गर्ने काम राज्यको हो,’ उनले भनिन्, ‘रैथाने सिपको संरक्षण गरि उद्योगमा रुपान्तरण गर्ने र बजारीकरणको जिम्मा राज्यले लिनुपर्छ ।’ सकड संजालको विकासमा प्राथमिकता दिनुपर्ने उनको भनाई छ । कर्णालीका महिलालाई शिक्षा र उर्जामा जोडेर लैजान सरकारलाई आग्रह गर्दै सांसद विशुन्केले खनिज पदार्थको उत्खननमा जोड दिइन् ।

प्रतिक्रिया