सरिता गिरीको प्रस्ताव अस्वीकृत, संसद बैठक छाडेर बाहिरिइन्

सरिता गिरीको प्रस्ताव अस्वीकृत, संसद बैठक छाडेर बाहिरिइन्

काठमाडौं जेठ ३१ गते । समाजवादीकी नेतृ सरिता गिरीले संविधान संशोधन विधेयक प्रस्ताव अस्वीकृत भएको छ। गिरीले विधेयकमाथि दर्ता गराएको प्रस्ताव शनिबार प्रनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अस्वीकृत गरेका हुन्। सांसद गिरीको संशोधन प्रस्ताव नियमावली विपरीत भएकाले सभामुखले खारेज गरेको बताइएको छ।

समाजवादी पार्टीकी सांसद सरिता गिरीले प्रतिनिधिसभा बैठक छाडेर बाहिरिएकी छन्। सभामुख अग्नि सापकोटाले नेपालको नयाँ नक्सा निशान छापमा समेट्न गरिएको संविधान संशोधन विधेयकमाथि गिरीले दर्ता गराएको संशोधन अस्वीकृत भएको घोषणा गरेलगत्तै उनी बैठकबाट बाहिरिएकी हुन्। गिरीले संविधान संशोधन विधेयकमाथि संशोधन दर्ता गराएकी थिइन्।
सभामुख सापकोटाले बैठकमा गिरीलाई बोल्न दिन खोजेका थिए। तर सांसदहरूले होहल्ला गरेका थिए। होहल्लापछि सभामुखले रुलिङबारे जानकारी गराएका थिए। समाजवादी पार्टीले सांसदहरूलाई संविधान संशोधनको पक्षमा उभिन ह्विप जारी गरेको छ। तर उनले ह्विप नमान्ने बताइसकेकी छिन्।

प्रतिक्रिया