कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुग्‍यो

कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुग्‍यो

काठमाडौं असार ३ गते । कोरोना भाइरस (कोभिड–१९) ले मृत्यु हुनेको संख्या २० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बुधबार कोरोनाले थप एक जनाको मृत्यु भएको हो । गौतमका अनुसार बाँके बैजनाथ गाउँपालिका–६ की ४६ वर्षीया महिलाको कोरोनाकै कारण ज्यान गएको हो।

मृतक महिला नेपालगजञ्ज शिक्षण अस्पताल कोहलपुरमा जेठ ३० गते मिर्गौलामा समस्यादेखिएपछि भर्ना भएकी थिइन्। मृत्युपछि भएको पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजिटिभ आएको प्रवक्ता गौतमले जानकारी दिए । यसअघि नेपालमा कोरोना संक्रमणबाट १९ जनाको मृत्यु भइसकेको छ ।त्यस्तै बुधबार एकै दिन पाँच सय ८६ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ। योसँगै  संक्रमितको संख्या सात हजार एक सय ७७ पुगेको छ।

प्रतिक्रिया