कांग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको निधन

कांग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको निधन

बागलुङ असार १७ गते : बागलुङ जिल्लाकी संघीय सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएको छ । छन्त्याल लामो समयदेखि मुटुको समस्याबाट ग्रसित थिइन्। काठमाडौँस्थित गंगालाल हृदय रोग केन्द्रमा उपचाररत छन्त्यालको बुधबार बिहान ९ बजे निधन भएको नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर २ का सभापति दोर्ण कुवँरले जानकारी दिए ।

६६ वर्षीया सांसद छन्त्याल दुई साता बढी समयदेखि अस्पतालमा उपचाररत थिइन् । मुटुको समस्या बढ्दै गएपछि लिम्पुयाधुरासहितको नयाँ नक्सा जारी गर्ने ऐतिहासिक बैठकमा  उनी उपस्थित हुन सकिनन् ।

उनी हाल अल्पसंख्यक समुदायबाट प्रतिनिधित्व गर्दै समानुपातिक नेपाली कांग्रेसकातर्फबाट सांसद बनेकी थिइन् । छन्त्याल दोस्रो संविधानसभामा बागलुङ क्षेत्र न.२ बाट निर्वाचित संविधान सभा सदस्य समेत हुन् । 

प्रतिक्रिया