अमेरिकी चर्चित र्यापर कान्ये वेस्ट राष्ट्रपति पदको उम्मेदवार !

अमेरिकी चर्चित र्यापर कान्ये वेस्ट राष्ट्रपति पदको उम्मेदवार !

एजेन्सी : अमेरिकामा आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा एक चर्चित र्यापर कान्ये वेस्टले पनि उम्मेदवार बन्ने घोषणा गरेका छन् ।

उनको घोषणा यदी सत्य भएको खण्डमा वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प र राष्ट्रपति पदका अर्का उम्मेदवार जोए बाइडेनसँग उनको प्रतिष्पर्धा हुनेछ । यसअघि निर्वाचनमा ट्रम्पका समर्थक रहेका वेस्टले ट्वीटर मार्फत आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । यद्यपि कतिपयले यसलाई ठट्टाको रुपमा पनि लिएका छन् ।

‘हामीले परमेश्वरलाई विश्वास गर्दै, एकीकृत भएर भविष्य निर्माणका लागि गरेको प्रतिज्ञालाई महसुश गर्नुपर्छ । म संयुक्त राज्य अमेरिकाको राष्ट्रपति पदका लागि भाग लिँदैछु,’ वेस्टले ट्वीटरमा लेखेका छन् ।

अमेरिकी झण्डासति ह्यासट्याग २०२०भिजन लेख्दै उनले यस्तो घोषणा गरेका हुन् । राष्ट्रपति चुनावको चार महिनाअघि मात्रै वेस्टले अचानक उम्मेदवार बन्ने घोषणा गरेकोमा धेरैले आश्चर्य प्रकट गरेका छन् । तर वेस्टले उम्मेदवारीका लागि प्रशासनिक कागजात तयार पारेको बारे केही जनाएका छैनन् ।

तर अधिकांश राज्यमा उम्मेदवारी दर्ता गर्ने अवधि सकिएको छैन । यसअघि वेस्ट र उनकी पत्नी चर्चित सेलिब्रिटी किम कार्दसियनले यसअघि नै ह्वाइटाउसमा पुगेर ट्रम्पलाई भेट गरेका थिए ।

प्रतिक्रिया