नगरपालिकालाई स्टेचर हस्तान्तरण

नगरपालिकालाई स्टेचर हस्तान्तरण

दैलेख साउन ६ गते । जिल्लाको चामुण्डाविन्द्रासैनी नगरपालिकालाई स्टेचर हस्तान्तरण गरिएको छ । चामुण्डाविन्द्रासैनी समाज दक्षिण कोरियाले चामुण्डाविन्द्रासेनी नगरपालिकालाई स्टेचर सहयोग गरेको हो । रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका चामुण्डाविन्द्रासैनी नागरिकहरुले सामुहिक रुपमा सहयोग गरेको स्टेचर नगरपालिकालाई हस्तान्तरण गरिएको पत्रकार कृष्ण शाहीले बताए । बिरामीलाई बोकेर स्वास्थ्य संस्थामा लैजान सहज होस् भनेर स्टेचर सहयोग गरिएको उनले बताए । सबै वडालाई उपलब्ध गराउने गरी २७ वटा स्टेचर सहयोग गरिएको छ । सोमवार एक कार्यक्रमका बीच स्टेचर हस्तान्तरण गरिएको छ । सोहि अबसरमा चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगर–प्रमुख सूर्यबहादुर शाहीले नगरपालिकाले स्वास्थ्यलाई प्रथामिकता राखि काम गरिरहेको अवस्थामा नागरिकको स्वास्थ्यलाई नै मध्यनजर गरी सहयोग गर्ने समाजलाई धन्यवाद ज्ञापन गरे ।

प्रतिक्रिया