सरकारसँग सहमतिपछि डा. केसीले तोडे अनशन

सरकारसँग सहमतिपछि डा. केसीले तोडे अनशन

काठमाडौं असोज २५ गते । डा.गोविन्द केसीले १९ औं आमरण अनशन तोडेका छन् । शनिबार राति सरकारसँग ८ बुँदे सहमति भएपछि डा। केसीले २८ औं दिनमा अनशन अन्त्य गरेका हुन् । डा. केसीले त्रिवि शिक्षण अस्पतालका सफाइ कर्मचारी विकास नेपालीको हातबाट जुस पिएर अनसन तोडेका हुन् । ४६ वर्षीय नेपाली कोरोना संक्रमण भएर निको भएका हुन् ।चिकित्सा शिक्षा सुधारका बिभिन्न ६ बुँदे मागहरु राख्दै डा. केसीले गत २९ भदौदेखि जुम्लाबाट १९ औं अनशन सुरु गरेका थिए । उनलाई आठौं दिनमा काठमाडौं ल्याइएको थियो । उनलाई त्रिवि शिक्षण अस्पतालको कोठा नं. ५०१ मा राखिएको थियो ।अस्पताल परिसरमा अनशन तोडिदै गर्दा केसीका समर्थकहरुले ‘फेरि आमरण अनशन बस्न नपरोस्’ लेखिएका प्लेकार्ड बोकेर सरकारको ध्यानाकर्षण गराएका थिए । डा. केसीसँग भएका सम्झौताहरु कार्यान्वयन हुनुपर्ने र सम्झौतामा धोका हुन नहुने उनीहरुको भनाइ थियो ।

यस्तो छ सहमति पत्र

प्रतिक्रिया