बालविवाह गरेको आरोपमा दुई बालबालिका प्रहरी नियन्त्रण

बालविवाह गरेको आरोपमा दुई बालबालिका प्रहरी नियन्त्रण

दैलेख कात्तिक २२ गते ।
नारायण नगरपालिका–२ ढुंगेखानीकी १५ वर्षीय बालिका र डुंगेश्वर गाउँपालिका–५ डाँडापराजुलका १६ वर्षीय बालकलाई अभिभावकबाट भागेर बाल विवाह गरेको आरोपमा शुक्रवार प्रहरीले नियन्त्रण लिएको छ ।
बिहीवार अपरान्ह सदरमुकामबाट भागेर डाँडापराजुल पुगेर विवाहको घोषणा गरी घरमै बसेको अवस्थामा डाँडापराजुल प्रहरी चौकीले घरबाटै नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा बुझाएको दैलेखका प्रहरी नायब उपरीक्षक (डीएसपी) अनुपम श्रेष्ठले जानकारी दिए ।
उनीरु बिरुद्ध बाल विवाह कसूरमा मुद्दा चलाइएको र बाँकी अनुसन्धान थालिएको डीएसपी श्रेष्ठले बताए । प्रहरीले एक महिना अन्तरमा चलाएको बाल विवाह मुद्दाको संख्या ५ पुगेको छ ।
२०६८ को जनगणना अनुसार नेपालमा अध्याधिक बाल विवाह हुने जिल्लाहरुको संख्यामा दैलेख मुलुकको तेश्रो र कर्णाली प्रदेशमा पहिलो जिल्ला हो ।
मुलुकी अपराध सहिंता ऐन २०७४ को दफा १७३ ले २० वर्ष नपुगी गरिने विवाहलाई बाल विवाह कसूरमा तीन वर्षसम्म कैद र ३० हजार रुपैंयाँ जरिवाना गर्ने कानूनी व्यवस्था छ ।

प्रतिक्रिया