राष्ट्रपतिद्वारा संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी

राष्ट्रपतिद्वारा संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति कार्यालयका अनुसार उनले मंगलबार दिउँसो उक्त अध्यादेश जारी गरेकी हुन् । प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषदमा प्रमुख विपक्षी दलका नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपसभामुख सदस्य रहनेछन् ।

प्रधानमन्त्रीले सोमबार बोलाएको संवैधानिक परिषदको बैठक कोरम नपुगेर स्थगित भएको थियो । त्यसपछि मंगलबार विहान बोलाएको बैठक पनि कोरम नपुगेकै कारण स्थगित भएको थियो ।दोस्रो पटक बोलाएको बैठक कोरम नपुगेर स्थगित भएकै दिन बसेको मन्त्रिपरिषद बैठकले संवैधानिक परिषदसम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । संवैधानिक परिषदमा प्रधानमन्त्रीसहित ५ सदस्य उपस्थित नभए बैठक बस्न नसक्ने व्यवस्था छ ।

प्रतिक्रिया