एमाले संसदीय दलको बैठक सुरु, खनाल–नेपाल समूहका सांसद सहभागी

एमाले संसदीय दलको बैठक सुरु, खनाल–नेपाल समूहका सांसद सहभागी

काठमाडौँ : नेकपा (एमाले) को संसदीय दलको बैठक बालुवाटारमा सुरु भएको छ । बैठकमा खनाल–नेपाल समूहका सांसदहरु पनि सहभागी भएका छन् । तर, नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावल भने बैठकमा सहभागी छैन ।सांसद रहेका रावलले ओलीले स्वेच्छाचारी कदम चालिरहेकाले आफू बैठकमा सहभागी नभएको बताए ।

बालुवाटार बैठक जानुअघि खनाल–नेपाल समूहको केन्द्रीय सदस्यको बैठक र सांसदहरुबीच कलंकीस्थित एक पार्टी प्यालेसमा छलफल भएको थियो । उक्त छलफलपछि नै झलनाथ खनालको नेतृत्वमा दलको बैठकमा सहभागी हुने निर्णय भएको हो । यसअघि शनिबार बालुवाटारमा नै बसेको दलको बैठक यो समूहले बहिष्कार गरेको थियो ।

प्रतिक्रिया