मेरो जन्म दिनका पन्ध्रौ वर्ष

        सविता अधिकारी   |   प्रकाशित मितिः मङ्लबार, बैशाख १४, २०७८     ::: 154 पटक पढिएको   |  
सविता अधिकारी । विरेन्द्रनगर ११, पिपिरा सुर्खेत

मान्छेको जन्म र मृत्यु स्वभाविक हो । त्यही जन्म र मृत्यु बिचको समयलाई जीवन भनिन्छ । हरेक वर्ष बैशाख १३ गते मेरो जन्म दिन । यस्ता १३ गते मेरो जीवनमा १५ पटक आए । म सानोमा अन्जान हुदाँ त मलाई थाहा थिएन् जब म ठुली भए र बुझदै गए अनि मैलै त्यो बैशाख १३ लाई सधै सम्झिरहे जुन दिन मैले धर्तिमा पहिलो पटक पाईला टेके, जुन दिन जीवनकै पहिलो पटक ठुलो स्वरले चिच्याए र मेरो आवाज सुनेर सबै खुसि भए, जुन दिन मेरो आमाले १० महिनाको कठोर प्रश्रव पिडाबाट मुक्ति पाएको दिन !

आज मैले यो संसारमा पाईला टेकेको पन्ध्र वर्ष भयो । मानिसहरु आफ्नो जन्मदिनको खुसीयालीमा रमाएर मनाउने गर्छन । रमाउने तरिका हरेक व्यक्ति र स्वभावमा फरक होला । तर मेरो सोच यो भन्दा धेरै फरक छ । म सोच्ने गर्छु कि हामीले धेरै खर्च गरेर खुसीयाली मनाउनु भन्दा दिनदुखीलाई सहयोग ग¥यौ भने त्यो महँगो भोज भन्दा सयौ गुणाको आनन्द प्राप्त गर्न सकिन्छ । मतलव यो होइन कि हामी यी खुसीहरु प्राप्त गर्न सक्दैनौ । हामीले सेवामुलक कामबाट प्राप्त हुने आनन्द महँगा भोजबाट प्राप्त गर्ने आनन्द भन्दा सयौ गुणा शक्तिशाली हुन्छन् । मेरो यो व्यक्तिगत सोचाई हो । हरेहकका सोचाईहरु उस्तै हुनुपर्छ भन्ने छैन । र म यो पनि भन्दिन कि सबैका सोचाई मेरा जस्तै हुन ।

हरेक मान्छेबाट गल्ति हुन्छन् र हामीले त्यही गल्तीबाट नयाँ कुरा सिक्दै जान्छौ । जन्मिदै कोही शिक्षित अर्थात विद्धान भएर जन्मिदैन । हामीले गर्ने हरेक दैनिक कामबाट नयाँ कुरा सिक्दै जाने हो । मेरा सबै बानी व्यहोरा राम्रा छन भन्न सकिदैन् । कहिले काही मलाई लाग्छ म मेरो बुबा जस्तै छु किनभने मेरा कति धेरै बानी मेरो बुबासँग मिल्छन । मलाई कसैसँग डर लाग्दैन यो मेरो स्वाभिमान हो जुन म बुबासँग भेटाउछु । म जे चाहान्छु त्यो मलाई अनिवार्य हुनुपर्छ । मलाई अरुले भनेको कुरामा विश्वास लाग्दैन म जे सोच्छु त्यो पुरा हुनुपर्छ । मलाई लाग्छ मेरो लागि यो बानी राम्रो नहुन सक्छ । आगामी दिनमा मेरा यस्ता व्यवहार सुधार्दै जानु मेरा लागि ठुलो चुनौती हुनेछ ।

म सानो सानो कुरामा पनि धेरै रिसाउने गर्छु । मलाई थाहा छ रिसाउनु हुदैन । तर पनि मैले ति रिसहरुलाई नियन्त्रण गर्न सकिरहेकि छैन । म रिसलाई नियन्त्रण गर्न चाहान्छु जस्ले मलाई अझै राम्रो बन्न सहयोग गर्नेछन् ।

केटीहरु केटाहरु भन्दा कमजोर हुन्छन् भनेको मलाई मन पर्दैन । सायद म आफै केटी भएर जन्मेका कारण होला । केटाहरुभन्दा केटीहरु कमजोर हुन्छन्, केटाहरुले केही गर्नुपर्दैन, केटाहरुलाई तेक्वान्दो वा खेलहरु सिकाउनुपर्छ, केटीहरुले विहे गरीसकेपछि अरुको घरमा जानुपर्ने भएकाले घरको सबै काम सिक्नुपर्छ भन्ने जस्ता वाक्यहरु मैले सानैबाट सुन्दै आएको छु । यी चलनचल्तिका सामजमा सुनिने शन्देशहरु हुन । म कहिले काँहि सोच्छु केटीहरुको जन्म के अरुकै लागी भएको हो । घरको काम केटीहरुले मात्रै गर्नुपर्ने । के केटाहरुलाई खाना चाहिदैन र । मलाई यस्तो सोच भएको मानिस देखेर उनीहरुको कुरा सुनेर नै रिस उठेर आउछ । तर म केही गर्न सक्दिन यहाँ, किन भने हाम्रो सामाजिक संरचना त्यस्तै छ । हर एक मानिस यस्तै सोच्छन् र म चाहान्छु कि म एक दिन सबैलाई देखाउन सफल हुनेछु कि केटीहरु कम्जोर हुदैनन् । कति धेरै असहज काम पनि सहजै केटीहरुले सफल गरेका प्रसस्त उदाहरणहरु छन् । तर पनि हाम्रो समाजमा यस्ता गलत मान्यतालाई प्राथमिकता दिदै आइएको छ । यदी भगवानले तिम्रो चाहाना के छ भनी मलाई सोधे भने म त्यही कुरा गर्नेछु ‘केटा र केटी बिचको भेदभाव सबैको दिमागबाट निकालिदेऊ ।’

किनभने यहाँ जति सुकै ‘महिला अधिकार’ को कुरा र ‘महिला दिवस’ को नारा लगाएपनि कतै त कतै महिलाहरु हेपिएकै हुन्छन्। यो भेदभावले निरन्तरता पाईरहेकै देखिन्छ ।

मलाई ठुलो भएर गर्ने एउटै चाहना छ त्यस्ता दिन दुःखीहरुको लागि ‘मानव आश्रम वा अनाथालय’ खोल्ने । म Anti Social मान्छे हुँ । मलाई एक्लै बस्न मनपर्छ । मलाई धेरै मान्छेहरु जम्मा भएको ठाउमा बस्न मन पर्दैन । म साथीहरु बनाउन सक्दिन् त्यसैले मसँग थोरै साथीहरु हुन्छन् । म मेरो नजिकको नातेदार र दुई चार जना साथी बाहेक म अरु कोहीसँग बोल्दिन र मलाई नयाँ मानिससँग घुलमिल हुन गाहे हुन्छ अनी धेरै समय लाग्छ ।

मलाई बिहान र दिनको उज्यालो भन्दा रात मन पर्छ । किन भने त्यो अन्धकार रात पनि मलाई सान्त लाग्छ । दिनमा मान्छेहरुको चहल पहलले गर्दा हल्ला हुन्छ । मलाई आवाज आएको मन पर्दैन । रातमा सबै मानिसहरु सुत्छन् । सबै मानिस सुतेको हुनाले वातावरण सान्त हुन्छ बाहिर चलहपहल हुदैन र म राम्रोसँग काम गर्न सक्छु । मलाई शान्ति यती धेरै मन पर्छ कि म जुन काम गर्छु त्यहाँ एकान्त होस र फरक विचारले सोच्न सकियोस । म शान्त वातावरण देखि कहिल्यै अघाउदिन ।

म चाहान्छु कि आजबाट मेरा केही नराम्रा बानी त्यागेर राम्रो बानिको सुरुवात गर्ने छु । म चाहान्न कि कोही पनि मेरा कारण दुःखी नहोस या मेरो व्यवहारले कसैको मन नदुखोस । तर यति धेरै गर्दा पनि कसैलाई मेरा व्यवहारहरु नराम्रा लाग्छन् भने मैले कसैसँग केही गुनासो गर्नुछैन ।

हामी मानव हौ सबैलाई खुसी बनाउन सक्दैनौ । सबैका आ–आफनै कमजोरी हुन्छन् ।

मलाई यहाँ सम्म आउन सहयोग गर्ने मेरो काका, दाई, फुपुहरु, ममी, हजुर आमा र बुबालाई यो जन्मदिनको अवसरमा हार्दिक नमन गर्न चाहान्छु । आफु आफैमा आत्मनिर्भर भई एक तहसम्मको अध्ययन पुरा नहुदाँ सम्म यहाँहरुको साथ र सहयोग मलाई अझै आवश्यक भईरहनेछ ।





Leave a comment

Your email address will not be published.


*