कुमालखाडा र सिस्ने गाउँमा पनि मनाइयो विश्व वातावरण दिवस

कुमालखाडा र सिस्ने गाउँमा पनि मनाइयो विश्व वातावरण दिवस


दैलेख : जिल्लाको आठबीस नगरपालिका–३ कुमालखाडा र वडा नम्बर २ सिस्ने गाउँमा पनि विश्व वातावरण दिवस मनाईएको छ । ‘नयाँ सोच र सिर्जना, प्राकृतिक प्रणालीको पुर्नस्थापना’ भन्ने मुल नाराका साथ शनिवार कुमालखाडा र सिस्ने गाउँमा वातावरण दिवस मनाईएको हो ।
यूरोपियन यूनियनको आर्थिक सहयोग तथा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख, डिसिए नेपाल, लिवर्ड, एनएनएसडब्लुएको कन्सोर्टियम पार्टनरसिपमा जलवायु समानुकुलन र आर्थिक समृद्धिका लागि समावेशी नागरिक समाज संघ संस्थाहरुको क्षमता अभिवृद्धि (उत्थान) परिaयोजनाको अगुवाईमा दिवस मनाईएको हो ।


दिवसका अबसरमा कुमालखाडा गाउँमा आयोजित कार्यक्रममा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका संस्थापक अध्यक्ष हीरासिंह थापा, पूर्व अध्यक्ष सिता राना, कार्यक्रम संयोजक पुस्कर शर्मा लगाएत सहभागि थिए । कार्यक्रममा कार्यक्रम संयोजक पुस्कर शर्माले वातावरण संरक्षणबारे सहभागिलाई जानकारी गराएका थिए । सोहि अबसरमा स्थानीय बरपिपल कृषक समुहका ४० जनालाई मास्क र सेनीटाइजर वितरण समेत गरिएको  थियो ।


त्यसैगरी आठबीस नगरपालिका–२ सिस्नेमा पनि वातावरण संरक्षण सम्बन्धि छलफल गरेर दिवस मनाईएको छ । आठबीस नगरपालिका–२ का वडाध्यक्ष पूर्ण प्रसाद खनाल, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका संस्थापक अध्यक्ष हीरासिंह थापा, पूर्व अध्यक्ष सिता राना लगाएत सहभागि कार्यक्रममा कार्यक्रम संयोजक पुस्कर शर्माले वातावरण संरक्षण, प्राकृतिक स्रोत साधनको संरक्षणबारे प्रकाश पारेका थिए । सोहि अबसरमा लालीगुराँस महिला स्वास्थ्य आमा समुह र कालिका कृषक समुहका ५६ जनालाई मास्क र सेनीटाइजर वितरण गरिएको थियो ।

प्रतिक्रिया