एमाले खनाल-नेपाल पक्षबिनै प्रधानमन्त्री देउवालाई बहुमत !

एमाले खनाल-नेपाल पक्षबिनै प्रधानमन्त्री देउवालाई बहुमत !

काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर पक्षले पनि देउवालाई विश्वासको मत दिने निर्णय गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाउने करिब निश्चित भएको छ ।जसपा अध्यक्ष ठाकुर पक्षको निर्णयसँगै एमालेका वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपालपक्षका सांसदले मत नदिए पनि प्रधानमन्त्री देउवाको पक्षमा बहुमत पुग्ने देखिएको हो ।

विश्वासको मत लिन देउवालाई १ सय ३६ मत आवश्यक पर्छ । प्रतिनिधिसभामा कांग्रेसको ६१, माओवादी केन्द्रको ४८ (सभामुख बाहेक), एमालेको १२१ (माधव नेपाल पक्ष–२३ ), जसपा ३२ (उपेन्द्र यादव पक्ष–२०) तथा जनमोर्चा, नेमकिपा र राप्रपाको एक–एक मत छ । कांग्रेस, माओवादी केन्द्र र जसपा र राष्ट्रिय जनमोर्चाको गरी १४२ मत हुन्छ ।

प्रतिक्रिया