हाइटीमा ७.२ रेक्टर स्केलको भूकम्प, ३ सयभन्दा बढीको मृत्यु

हाइटीमा ७.२ रेक्टर स्केलको भूकम्प, ३ सयभन्दा बढीको मृत्यु

काठमाडौँ : हाइटीमा ७.२ रेक्टर स्केलको भूकम्प जाँदा कम्तीमा ३ सय ४ जना मानिसको मृत्यु भएको छ । भूकम्पमा परी १८ सय भन्दा बढी घाइते भएको बीबीसीले जनाएको छ । शनिबार बिहान हाइटीको सेन्ट लुईस डू सुड सहरदेखि १२ किलोमिटर नजिकै केन्द्रविन्दू भएर भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले पुष्टि गरेको छ ।

भूकम्पका कारण त्यहाँको पश्चिम क्षेत्रका धेरै संरचना,होटल तथा चर्चहरुमा क्षति भएको छ । ठूलो क्षति भएपछि त्यहाँका प्रधानमन्त्री एरियल हेनरीले एक महिने संकटकालको घोषणा गरेका छन् ।हाइटी सन् २०१०को भूकम्पबाट भर्खरै तंग्रिदै गरेको अवस्थामा पुनःअर्को ठूलो भूकम्प आएपछि त्यहाँको अवस्था झनै नाजुक भएको छ ।

त्यसबेला भूकम्पमा परी २ लाख मानिसले ज्यान गुमाएका थिए । अमेरिकी राष्ट्रपति जो बाइडेनले हाइटीलाई आफत्कालीन अमेरिकी सहयोगको स्वीकृति दिएका छन् ।

प्रतिक्रिया