थाहा पाउनुहोस्, तीन दिनको मौसम

थाहा पाउनुहोस्, तीन दिनको मौसम

काठमाडौं : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको बताएको छ । आगामी तीन दिनको मौसम पूर्वानुमान गर्दै महाशाखाले मध्यम हिमपात हुन सक्ने बताएको हो ।

काठमाडौं उपत्यकासहित देशभर शनिबार रातिदेखि मौसममा बदलाब आएको थियो । आज पनि देशभर मौसम बदली हुने महाशाखाले जनाएको छ । त्यस्तै प्रदेश १, २ र वागमती प्रदेशमा मेघगर्जसहित वर्षा हुन सक्नेछ ।

सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार बंगालको खाँडी तथा भारतमा रहेको न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा परेको हो । मौसममा बदली भई पानी परेपछि किसानले पाकेको धान भित्र्याउन पाएका छैनन् भने कतिपयले काटेर भित्र्याउन तयार पारेको धान भिजेको छ ।

प्रतिक्रिया