नेपाली फुटबल टोलीलाई पुरस्कृत गर्ने मन्त्रिपरिषद्को निर्णय

          |   प्रकाशित मितिः सोमवार, कार्तिक १, २०७८     ::: 78 पटक पढिएको   |  

काठमाडौँ : सरकारले साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता बनेको नेपाली फुटबल टोलीलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।

साफ च्याम्पियनसिपमा उपविजेता बनेर फर्किएको टोलीका खेलाडीलाई जनही ५ लाख रुपैयाँ र प्रशिक्षक तथा सहायक प्रशिक्षकलाई जनही ३ लाख रुपैयाँ दिने निर्णय भएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाली फुटबल टोलीको सुधारिएको प्रदर्शनलाई ध्यानमा राख्दै खेलाडी र प्रशिक्षकलाई नगद सहित पुरस्कृत गर्ने निर्णय गरेको हो ।

‘साफमा उपविजेता बनेको नेपाली फुटबल खेलाडीहरूलाई प्रतिखेलाडी ५ लाख र प्रशिक्षकहरूलाई जनही ३ लाख रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय गरिएको छ, ‘ मन्त्री कार्कीले भने ।



Leave a comment

Your email address will not be published.


*