काठमाडौं आइपुग्यो १ लाख ८८ हजार डोज मोडर्ना खोप

काठमाडौं आइपुग्यो १ लाख ८८ हजार डोज मोडर्ना खोप

काठमाडौँ : कोभ्याक्स सुविधा अन्तरगर्त शुक्रबार १ लाख ८८ हजार चार सय डोज मोडर्ना खोप काठमाडौं ल्यायएको छ । मोडर्ना खोप शुक्रबार दिउँसो खोप यूएसबाट काठमाडौं आइपुग्नेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाको आपूर्ति व्यवस्थापन शाखाका वरिष्ठ फार्मेसिस्ट बडेबाबु थापाले जानकारी दिए ।

विश्व स्वास्थ्य संगठनले मोडर्ना खोप १२ वर्ष माथिको उमेर समूहलाई लगाउने अनुमति दिएको छ । यसअघि अमेरिकी फाइजर खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई दिइएको थियो । मोर्डना खोप माइनस १५ देखि २५ डिग्री तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ । अहिलेसम्म नेपालले कोभिसिल्ड, भेरोसेल, एस्टाजेनेका, जोनसन र फाइजर खोप लगाइएको छ ।

नेपालमा अहिलेसम्म एक करोड ८८ लाख ६२ हजार २१६ मात्र खोप लगाइसकिएको छ । जसमध्ये एक करोड दुई लाख ४८ हजार ३६७ जनाले एक मात्रा लगाएका छन् भने ८६ लाख १३ हजार ८४७ जनाले पूर्णमात्रा खोप लगाएका छन् ।

प्रतिक्रिया