भारतका पूर्व सैनिक प्रमुख विपिन रावतको हेलिकप्टर दुर्घटनामा मृत्यु

भारतका पूर्व सैनिक प्रमुख विपिन रावतको हेलिकप्टर दुर्घटनामा मृत्यु

काठमाडौँ : भारतीय चिफ अफ डिफेन्स स्टाफका प्रमुख जेनरल विपिन रावतको हेलिकप्टर दुर्घटनामा परेर निधन भएको छ। भारतीय वायुसेनाले ट्वीट गरेर उनको निधनको जानकारी दिएको हो। उक्त हेलिकप्टरमा कुल १४ जना यात्रारत थिए। त्यसमध्ये १३ जनाको निधन भएको हो। रावत चढेको हेलिकप्टर तमिलनाडुको कुन्नूरमा दुर्घटनाग्रस्त भएको थियो।

भारतीय वायु सेनाको एमआई-१७भी ५ हेलिकप्टरको दुर्घटनाको कारण पत्ता लगाउन जाँचबुझ आदेश दिइएको सेनाले बताएको छ। जेनरल रावत भारतीय सेनाका पूर्वप्रमुख हुनुका साथै सन् २०२० को ज्यानुअरीयता भारतका पहिलो चिफ अफ डिफेन्स स्टाफ रहेका छन्। जेनरल रावतसँगै उनकी पत्नीको पनि निधन भएको बताइएको छ।

दुर्घटनापछि सामाजिक सञ्जालमा उपलब्ध भिडिओहरूमा हेलिकप्टर पूर्ण क्षतिग्रस्त अवस्थामा रहेको र त्यसका पुर्जाबाट धुँवा निस्किरहेको देखिएको थियो।

प्रतिक्रिया