कांग्रेस महाधिवेशन : कर्णाली प्रदेशबाट बुढा, शाह र सिंह विजयी

कांग्रेस महाधिवेशन : कर्णाली प्रदेशबाट बुढा, शाह र सिंह विजयी

काठमाडौँ : कर्णाली प्रदेशबाट कर्णबहादुर बुढा, राजीव विक्रम शाह र जानकी सिंह निर्वाचित भएका छन् । खुलातर्फ बुढा र शाह निर्वाचित भएका हुन् भने महिलातर्फ सिंह विजयी भएकी हुन् । बुढाले २२ सय र शाहले २ हजार ८२० मत पाएका छन् । यसअघि केन्द्रीय सदस्य रहेका हृदयराम थानी पराजित भएका छन् ।

उनले २ हजार १९९ मत ल्याए । सोही पदका प्रत्यासी दीनबन्धु श्रष्ठले १ हजार ५४६ र नारायणप्रसाद भट्टराईले ३६० मत पाएका छन् । त्यस्तै, महिलातर्फ जानकी सिंह निर्वाचित भएकी छिन् । उनले २ हजार ६२४ मत पाइन् भने प्रत्यासी मैना कार्की रावलले १ हजार ९५५ मत पाइन् ।

प्रतिक्रिया