जनतालाई दिने सेवा छिटो छरितो हुन सकेको छैन, यसमा ध्यान दिनुपर्छ : देउवा

          |   प्रकाशित मितिः बुधबार, पुस २१, २०७८     ::: 205 पटक पढिएको   |  

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले जनतालाई दिने सेवा छिटो छरितो हुन नसकेको बताएका छन् । बुधबार मन्त्री र सचिवसँगको छलफलमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । राष्ट्रिय गौरवका आयोजनाको काम भए पनि जनतालाई छिटो सेवा दिन नसकेको उनले बताए । ‘राष्ट्रिय गौरवका योजनाको काम भइराखेको छ’, प्रधानमन्त्री देउवाले भने, ‘जनतालाई दिने सेवा छिटो छरितो हुन सकेको छैन, यसमा हामीले ध्यान     दिनुपर्छ ।’

प्रधानमन्त्री देउवाले कृषि प्रधान देशमा मलको समस्या भएकाले यसको व्यवस्थापनमा लाग्नुपर्नेमा जोड दिए । ‘हाम्रो कृषि प्रधान देश भएकाले मलको समस्या छ । हामीले मल अभाव हुन दिनु हुँदैन’, प्रधानमन्त्री देउवाले भने, ‘हामी सबैले मलखादका लागि पर्नुपर्छ ।’ प्रधानमन्त्री देउवाले जनतालाई अत्यावश्यक सेवा दिनु सरकारको कर्तव्य भएको उल्लेख गरे। ‘अत्यवाश्यक वस्तुको सेवा जनताले पाउनुपर्छ’, उनले भने, ‘अत्यावश्यक सेवा दिनु सरकारको कर्तव्य हो ।’



Leave a comment

Your email address will not be published.


*