महिलाहरु सम्मानित

महिलाहरु सम्मानित

दैलेख : अन्तर्राष्ट्रिय महिला दिवसको अबसरमा महिलाहरु सम्मानित भएका छन् । गुराँस गाउँपालिका वडा नं. ३ को कार्यालयले महिलाहरुलाई सम्मान गरेको हो । ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसमा ‘सामाजिक न्याय र लैंगिक समानता दीगो विकासको सुनिश्चितता’ भन्ने मूल सहित आयोजित एक कार्यक्रममा उनिहरुलाई सम्मान गरिएको हो । वडाका २५ बर्ष उमेर पुरा भई विवाह नगरी बसेका ४ जना महिलाहरु सम्मानित भएका छन् । समाजमा उदाहरणीय महिलाको रुपमा चिनाउन उनिहरुलाई सम्मान गरिएको वडा कार्यालयले जनाएको छ ।

यस्तै बाल विवाह गरेका र अहिले सम्बन्ध बिच्छेद गरी बसेका ३ जना महिलाहरुलाई समेत सम्मान गरिएको छ । बाल विवाहपछि उनिहरुले भोग्नु परेको समस्या, बाल विवाहपछि उत्पन्न हुने समस्या, बालविवाहपछि सम्बन्ध विच्छेदसम्मको परिस्थिती आउनसक्ने अवस्थालाई देखाउन उनिहरुलाई सम्मान गरिएको हो । वडा कार्यालयको आयोजना तथा सोसेक नेपालको समन्वयमा भएको कार्यक्रममा वडाका जनप्रतिनीधि, महिला सञ्जाल, राजनितीक दलका प्रतिनिधिहरु, महिला स्वास्थ्य स्वयंमसेविका र बाल सञ्जाल बिचमा महिलाका सवालको बारेमा छलफल समेत भएको थियो ।

प्रतिक्रिया