चिनियाँ विदेशमन्त्री वाङको जम्बो टोलीमा को को छन्?

          |   प्रकाशित मितिः शुक्रबार, चैत्र ११, २०७८     ::: 96 पटक पढिएको   |  

काठमाडौं : चिनियाँ विदेश मन्त्री वाङ यी दुई सहायकमन्त्री र आफ्ना सुरक्षाकर्मीसहित तीन दिने औपचारिक भ्रमणमा शुक्रबार अपरान्ह काठमाडौं ओर्लिएका छन्। विदेश मन्त्री यीसँग विदेश सहायकमन्त्री उ जियाङहा र वाणिज्य सहायकमन्त्री सेङ झोउपिङ पनि काठमाडौं आएका छन्।

मन्त्री वाङको टोलीमा प्रायः सबै विदेश मन्त्रालयका अधिकारीहरु छन्। चिनियाँ विदेशमन्त्रीले आफ्ना सुरक्षाकर्मी ली रुईलाई समेत साथमा ल्याएका छन्। मन्त्रीसँगै नेपाल आउनेमा एसिया मामिला हेर्ने विदेश मन्त्रालयका अधिकारीहरु बढी छन्।

टोलीमा एसिया मामिला विभागका महानिर्देशक लिउ जिङसङ, पश्चिम एसिया र उत्तर अफ्रिकी मामिला विभागका महानिर्देशक वाङ दी र चिनियाँ परराष्ट्र मन्त्रालय सूचना विभागका उपमहानिर्देशक जिआङ सीआओयन छन्।

त्यस्तै विदेश मन्त्री वाङको टोलीमा प्राटोकल विभागमा उपमहानिर्देशक सोङ जिया, विदेशमन्त्री वाङका सेक्रेटरी देङ जिया, एसिया मामिला विभागका निर्देशक सू हाङफियन र पश्चिम एसिया र उत्तर अफ्रिकी मामिला विभागका निर्देशक युआन युआनसमेत छन्।

त्यस्तै ट्रान्सलेसन विभागका निर्देशक लियु फेइ र सोही विभागका द्वितीय सचिव चेङहाङ यान,  एसिया मामिला विभाग उपनिर्देशक जू सोङवो, प्रोटोगल विभागका उपनिर्देशक वेइ जेझोङ छन्।

एसिया मामिला विभागका द्वितीय सचिवद्धय फेङ फेइ र यु फेङचेङ, सूचना विभागका द्वितीय सचिव यु सीझोउ र विदेश मन्त्रालयका प्रशासक जोजियाङ फाङसमेत विदेश मन्त्री वाङको भ्रमण टोलीमा छन्।



Leave a comment

Your email address will not be published.


*