भारत र नेपालको सम्बन्ध हिमालजस्तै अटल छ: मोदी

भारत र नेपालको सम्बन्ध हिमालजस्तै अटल छ: मोदी

काठमाडौँ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र नेपालको सम्बन्ध हिमालजस्तै अटल र पुरानो रहेको बताएका छन् । बुद्ध पूर्णिमाका अवसरमा उनले लुम्बिनीमा सम्बोधन गर्दै पछिल्लो वैश्विक अवस्थामा नेपाल र भारतबीच सम्बन्ध मजबुत हुनु महत्त्वपूर्ण भएको बताएका हुन् । उनले भने– ‘आज जसरी वैश्विक परिस्थिति बनेको छ । त्यसमा नेपाल र भारतको निरन्तर बलियो मित्रता, घनिष्ठता, सम्पूर्ण मानवताको हितको लागि काम गर्नेछ।’

मोदीले लुम्बिनी म्युजियम, लुम्बिनी बुद्धिस्ट युनिभर्सिटी, डा अम्बेडकर चेयर फोर बुद्धिस्ट स्टडिजको स्थापना दुवै देशको साझा सहयोगको उदाहरण भएको बताए । उनले बुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा आउने सौभाग्य मिलेको भन्दै मायादेवी मन्दिरमा दर्शन गर्ने अवसर अविष्मरणीय रहेको बताए ।

उनले नेपालको वर्णन गर्दै नेपाल आउँदा कुनै राजनीतिक भ्रमणभन्दा पनि छुट्टै खालको आध्यात्मिक अनुभूति हुने सुनाए । ‘आज जसरी भारत र नेपालको मित्रता र घनिष्ठता सबैको मानवताको काम गर्छ । भगवान बुद्धले दुवैको आस्था एकै सुत्रमा जोड्छन्,’उनले भने । त्यस्तै मोदीले बुद्ध मानवताको सामूहिक अवतरण भएको उल्लेख गर्दै भने, ‘बुद्ध बोध पनि हुन् र सोध पनि। बुद्ध विचार पनि हुन् र संस्कार पनि ।’

प्रतिक्रिया