विश्वका २० देशमा मङ्कीपक्सको सङ्क्रमण पुष्टि

विश्वका २० देशमा मङ्कीपक्सको सङ्क्रमण पुष्टि

काठमाडौँ  : विश्वका २० देशमा मङ्कीपक्सको सङ्क्रमण पुष्टि भएको छ। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले शुक्रबार दिएको जानकारीअनुसार विभिन्न देशमा मङ्कीपक्सबाट सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गइरहेको छ। उनीहरूले विश्वभरि अहिलेसम्म २ सयजनामा मङ्कीपक्सको सङ्क्रमण पुष्टि भएको जनाएका छन् ।

‘हामीलाई प्राप्त विवरणअनुसार विश्वभरि अहिलेसम्म झण्डै दुई सयजनामा सङ्क्रमण पुष्टि भएको छ भने अरू एक सयभन्दा बढीमा शङ्कास्पद लक्षण देखिएको छ’, डब्लुएचओका अधिकारीको भनाइ छ ।

मङ्कीपक्स भाइरसका बारेमा धेरै मानिसले ध्यान नदिएको र दिन प्रतिदिन फैलिदै गएकाले यसले विश्वभरलाई प्रभावित पार्न सक्ने भन्दै धेरैले चिन्ता व्यक्त गरेका छन् ।  यो भाइरसका कारण मानिसको मृत्यु नै हुने नगरेपछि सङ्क्रमण छिटो छिटो धेरै जनामा सर्ने र शारीरिक समस्या हुने गरेकाले उच्च सतर्कता अपनाउन चिकित्सकहरूको अनुरोध छ।

डब्लुएचओका उच्च अधिकारीहरूले सङ्क्रमण देखिएका मुलुकहरूमा थप फैलिन नदिने र नदेखिएका मुलुकमा प्रवेश गर्न नदिने गरी गरी काम गर्न पनि सबैलाई आह्वान गरेका छन् ।

 

प्रतिक्रिया