६७ वर्ष, १०८ हवाई दुर्घटना

६७ वर्ष, १०८ हवाई दुर्घटना

काठमाडौं : पोखराबाट आइतबार बिहान जोमसोम उडेको तारा एयरको जहाज मुस्ताङमा दुर्घटना भयो। जहाजमा सवार २२ मध्ये २१ को ज्यान गयो। एकको अवस्था अझै अज्ञात छ। कोभिड महामारीपछि नेपाली आकाशमा विमान दुर्घटना भई मानवीय क्षति भएको यो पहिलो घटना हो। यसअघि २०७७ मा नेपाल एयरलाइन्सको जहाज नेपालगन्ज विमानस्थलमा दुर्घटना भएको थियो। तर, मानवीय क्षति भने भएको थिएन।

नेपाल नागरिक उड्डयन प्राधिकरणको सेफ्टी रिपोर्ट २०२१ लाई आधार मान्ने हो भने हालसम्म नेपालमा १ सय ७ वटा विमान दुर्घटना भए। यी दुर्घटनामा ८ सय ६७ भन्दा बढीले ज्यान गुमाए। ती दुर्घटनामा करिब ६ सय ९० जना भने बाँच्न सफल भएको उक्त रिपोर्टमा उल्लेख छ। हालसम्म आन्तरिक विमानमा मल्टिइन्जिन विमान ५२ र सिंगल इन्जिन जहाज ८ वटा दुर्घटनामा परे। बाह्य विमान ९, हेलिकप्टर ३६ र मनोरन्जनात्मक ३ वटा विमान दुर्घटना भएका छन्। उक्त तथ्यांकलाई नै आधार मान्ने हो भने हरेक वर्ष सरदर करिब १२ जनाले विमान दुर्घटनामा ज्यान गुमाउने गर्छन्। आजको अन्नपूर्ण पोस्ट्मा समाचार छ ।

प्रतिक्रिया