नागरिकता विधेयक छिट्टै पारित हुन्छ : प्रधानमन्त्री देउवा

नागरिकता विधेयक छिट्टै पारित हुन्छ : प्रधानमन्त्री देउवा

फाइल तस्विर 

काठमाडाैं : प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकता विधेयक छिट्टै पारित हुने बताएका छन् । तराईमा नागरिकता लगायतका समस्याबारे ध्यानाकर्षण गराउन बालुवाटार पुगेका जनता समाजवादी पार्टी (जसपा) का सांसदहरूसँग उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

जसपाका केन्द्रीय सदस्य एवं सांसद प्रदीप यादवले दिएको जानकारी अनुसार सांसद टोलीसँगको भेटमा प्रधानमन्त्री देउवाले नागरिकता विधेयक चाँडैसंसद्मा छलफलका लागि पेस गर्नेतयारी सरकारले गरिरहेको बताए । सांसदयादवले भने ‘हामीले नागरिकता लगायतका विभिन्नसमस्याबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गरायौँ, तराईमा नागरिकता लगायतका समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुुभएको छ ।’

सांसद यादवको नेतृत्वमा गएको टोलीमा सांसदद्वय नरमाया ढकाल र रानी मण्डल थिए । यसअघि नागरिकतालगायतको समस्या समाधान गर्ने विषयमा लोकतान्त्रिक समाजवादी पार्टीले पनि अघिल्लो हप्ता प्रधानमन्त्री देउवालाई भेटी ११ बुँदे ज्ञापनपत्र बुझाएको थियो ।

प्रतिक्रिया