सरकारद्धारा नागरिकता विधेयक फिर्ता लिने निर्णय

सरकारद्धारा नागरिकता विधेयक फिर्ता लिने  निर्णय

काठमाडौं : सरकारले नागरिकता विधेयक फिर्ता लिएको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

दलहरुबीच सहमति हुन नसकेपछि सरकार विधेयक फिर्ता लिने अवस्थामा पुगेको हो । २०७५ सालमै सरकारले ल्याएको यो विधेयमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले छलफल सकेर बहुमतले प्रतिवेदन पारित गरी प्रतिनिधिसभा बैठकमा पेश गरिसकेको छ ।

विधेयकमा रहेको नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई तत्कालै नागरिकता दिने वा ७ वर्षपछि दिने भन्ने विषयमा विवाद थियो। बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्षको राष्ट्र संघमा जाने भ्रमण स्वीकृत गरेको छ । गृहमन्त्रीको सिफारिसमा विभिन्न व्यक्तिलाई आर्थिक सहायता प्रदान गर्ने निर्णय पनि गरेको मन्त्रिपरिषद् स्रोतले बताएको छ ।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माको राजीनामाको बिषयमा भने कुनै छलफल भएन । मन्त्रिपरिषद् बैठक सकिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग अर्थमन्त्रीको राजीनामाका बिषयमा छलफल गर्न लागेको स्रोतले जनाएको छ।

बिहान खुमलटारमा बसेको माओवादी केन्द्रको पूर्वस्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले अर्थमन्त्री शर्माको विषयमा प्रधानमन्त्रीसँग छलफल गरी टुंगो लगाउने निर्णय गरेको थियो।

प्रतिक्रिया