चीन र रुसका राष्ट्रपतिबीच भेटवार्ताको तयारी
![चीन र रुसका राष्ट्रपतिबीच भेटवार्ताको तयारी](https://snowberry.prixacdn.net/media/gallery_folder/russ-chaina-_JHCqgbKj4M_uf5nevvndblleaakpbvsyhggjrklgrccjzu7ta5mo9hotayk3cvevd2iqdj9.jpg)
एजेन्सी : रुस र चीनका राष्ट्रपतिबीच भेटवार्ता हुने भएको छ । उज्वेकिस्तानमा हुने प्रमुख क्षेत्रीय शिखर सम्मेलनको अवसरमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेट हुन लागेको हो ।
चिनियाँ राष्ट्रपति सीले सन् २०२० को सुरुवातमा कोरोना भाइरस महामारी सुरु भएयता आफ्नो पहिलो विदेश भ्रमणमा रुसका राष्ट्रपति पुटिनलाई भेट्ने तयारी गरेको बीबीसीले जनाएको छ । भेटमा उनीहरुबीच रुस–युक्रेन युद्ध र ताइवान मामिलाबारे पनि छलफल हुने अनुमान गरिएको छ ।
साङ्घाई सहयोग सङ्गठन (एससीओ) को शिखर सम्मेलनमा उज्वेकिस्तान पुगेर सीले पुटिनसँग भेटवार्ता गर्नुहुने कार्यक्रम छ । भोलिदेखि सुरु हुने दुई दिने सम्मेलनमा उज्वेकिस्तान, काजकिस्तान, किर्गिस्तान, ताजिकिस्तान, इरान, भारत र पाकिस्तान पनि सहभागी हुनेछन् ।
प्रतिक्रिया