चीनको विदेशमन्त्रीमा चिन काङ नियुक्त

चीनको विदेशमन्त्रीमा चिन काङ नियुक्त

 

काठमाडौँ : चीनको नयाँ विदेशमन्त्रीमा चिन काङ नियुक्त भएका छन् ।  हाल अमेरिकाका लागि चिनियाँ राजदूत रहेका उनलाई राष्ट्रपति सी चिनफिङले विदेशमन्त्री बनाएका हुन् ।

छिन १७ महिनायता अमेरिकाका लागि चिनियाँ राजदूतको भूमिकामा छन्। उनी चीनका वरिष्ठ कूटनीतिज्ञ हुन् । उनले विदेश मन्त्रालयमा प्रवक्ताको पनि जिम्मेवारी सम्हालिसकेका छन् ।

प्रवक्ता बन्नुअघि उनी बेलायतस्थित चिनियाँ राजदूत थिए। उनी सन् २०१४ देखि २०१८ सम्म चिनियाँ विदेश मन्त्रालयको चिफ अफ प्रोटोकल थिए ।  चिनले वाङ यीलाई विस्थापन गरेका छन्। वाङ दस वर्षयता चिनियाँ विदेशमन्त्री थिए । वाङ हालै चिनियाँ कम्युनिस्ट पार्टीको पोलिट्ब्युरो सदस्यमा बढुवा भएका छन् । वाङलाई विदेश नीतिसम्बन्धी अझ माथिल्लो जिम्मेवारीमा लग्ने तयारी रहेको बताइएको छ।

प्रतिक्रिया