चीनको राष्ट्रपतिमा तेस्रो कार्यकालका लागि सी निर्वाचित

          |   प्रकाशित मितिः शुक्रबार, फाल्गुन २६, २०७९     ::: 51 पटक पढिएको   |  

काठमाडौँ : सी चिङपिङ ऐतिहासिक तेस्रो कार्यकालका लागि चीनको राष्ट्रपति बनेका छन् । चीनको संसदबाट सी तेस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएको बीबीसीले जनाएको छ । ६९ वर्षीय सी पछिल्ला समयमा चीनको सबैभन्दा प्रभावशाली नेताको रुपमा रहेको समेत बीबीसीले उल्लेख गरेको छ ।

चिनियाँ शासन प्रणालीमा राष्ट्रपतिको कार्य धेरै हदसम्म औपचारिक हुने गरेको छ । सी कम्युनिष्ट पार्टीको महासचिव र केन्द्रीय सैन्य आयोगको अध्यक्ष समेत हुन् ।

सी राष्ट्रपति हुनुअघि चीनमा कुनै पनि व्यक्ति केवल दुई कार्यकालका लागि सो पदमा बस्न पाउने व्यवस्था भएपनि सन् २०१८ देखि उक्त प्रतिवन्ध फुकुवा भएको थियो ।



Leave a comment

Your email address will not be published.


*