अन्तर्वार्ता

‘अहिलेकै अनुपातमा संक्रमण बढे नियन्त्रण गर्न मुस्किल छ’

डा. रविन खड्का सुर्खेत : विकट कर्णाली प्रदेशमा पनि दिनानुदिन कोरोना संक्रमित बढिरहेका छन् । सामान्य स्वास्थ्योपचारका लागि समेत अनेक सास्ती खेपिरहेका कर्णालीबासीलाई कोरोना कहरले झन् सताएको छ । कर्णालीमा कोरोना नियन्त्रण र संक्रमितको उपचारलगायत विषयमा कर्णाली स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्कासँग गरिएकाे कुराकानीः कर्णालीमा कोरोना संक्रमणको अवस्था के छ ? जोखिम बढदै गइरहेको छ । भारतसँग सिधा नाका नजोडिए पनि कर्णालीबाट काम गर्न [...]

जापान, अष्ट्रेलियासहित ५ देशमा वैदेशिक अध्ययन स्वीकृतिपत्र दिन बन्द

 काठमाडौं । सरकारले पाँच देशका लागि वैदेशिक अध्ययन स्वीकृतिपत्र (नो अब्जेक्सन लेटर) जारी गर्न बन्द गरेको छ । बुधबारदेखि जापान, अष्ट्रेलिया, दक्षिण कोरिया, बंगलादेश र चीनका लागि वैदेशिक अध्ययन स्वीकृतिपत्र दिन बन्द गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव नारायणप्रसाद पोख्रेलले जानकारी दिएका छन् । मन्त्रालयले बुधबार सूचना जारी गर्दै कोरोना संक्रमणको नयाँ भेरियन्ट फैलिरहेको र सरकारले हालै कोभिड–१९ महामारीको दोस्रो लहर रोकथाम तथा [...]

‘काममा खुसी भए, जीवन सुखी बन्छ’

डा. नबल पजियारलाई धेरैले मेमोरी किङका रूपमा चिन्छन्। हालै गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा नाम दर्ता गराएर उनले उक्त परिचयलाई प्रमाणित नै गरिदिए। गत डिसेम्बर १९ मा भारतको हैदराबादमा भएको समारोहमा उनले गिनिजका निर्णायकसामु एक मिनेटमा ५४ वस्तुको नाम सम्झेर अघिल्ला कीर्तिमानलाई तोडिदिए। एक मिनेटमा ५२ वटा वस्तु स्मरण गरेर अन्तिम रेकर्ड बनाएका एक भारतीयको रेकर्ड तोडेर विश्व कीर्तिमानी नेपाली बन्न सफल भएका पजियारसँग गरिएकाे कुराकानी : गिनिज बुकमा नाम [...]

जसले गाउँमा छाउ भत्काएर चर्पी बनाइन्

गमता विकको आँखामा अहिले त्राश पटक्कै छैन । त्राश त त्यतिबेलै हराउन थालेको हो, जतिबेला महिनावारी हुँदा पहिलोपटक उनले अदुवा, पिँडालु र खुर्सानीको बोट छोइन् ।यसरी छुँदा घरका गाईभैंसी ढलेनन्, देउता रिसाएनन् । सन्तानहरू बिमार परेनन् । अदुवा, पिँडालु र खुर्सानी कुहिएनन् ।त्यतिमै उनको कदम रोकिएन । दोस्रो मासको महिनावारीमा घरको दैलोनिर आइन् । छाउगोठ वा मकैघारीमा सुत्न छाडेर ढोकाबाहिर ओछ्यान लगाइन् । आफूले ओढिरहेको सिरक अचानक तलतिर तानियो । मनभरि हुरी [...]

महिनावारीका मिथ्या कुरा पत्याउने तपाईं कस्तो मनुक्खे ?

नर्स तथा लेखक राधा पौडेल महिनावारीको विषयमा बोल्छिन्, लेख्छिन् यस विषयमा तालिम दिन्छिन्, अनुसन्धान गर्छिन् । पछिल्लो समय सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली उत्सवको दोस्रो संस्करणमा उनले ‘छाउ र भाउ’ अर्थात् महिनावारी र बालबालिका शीर्षकमा आफ्नो विचार राखिन् । सोही क्रममा भेटिएकी पौडेलसँग गरिएकाे कुराकानीको सार :-  पहिलाभन्दा महिनावारीलाई मानिसहरूले स्वीकार्न थालेका छन् । मैले महिनावारी बार्ने चलनविरुद्ध बोल्न थालेको धेरै वर्ष भइसक्यो । [...]

सरकारको नेतृत्व गर्ने सोचमा अहिले कांग्रेस छैन: कृष्णप्रसाद सिटौला

काठमाडाैं : प्रतिनिधि सभा पुनर्स्थापनापछि नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल र बरिष्ठ  नेता झलनाथ खनालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई फोन गरेर खुसी साटासाट गरे। प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनलाई सर्वोच्चले मंगलबार बदर गरेको केहीबेरमा टेलिफोनमा कुराकानी गर्दै प्रचण्ड-नेपाल पक्षले सहमति र समझदारीबाटै अगाडि बढ्ने सन्देश देउवालाई [...]
1 2 3 4