महिनावारी पाप नभएर सृष्टिको उदय हुनु हो

महिनावारी पाप नभएर सृष्टिको उदय हुनु हो

महिलाको गर्भाशयको भित्री अस्तर रगत र ऊतक योनीबाट निष्कासन हुने प्रक्रिया नै महिनावारी हो । यति मात्र नभएर महिनावारी शारिरिक परिर्वतन मध्यको एक परिर्वतन हो । प्राकृतिक रुपमा मानिसले मात्र नभएर हरेक प्राणीमा महिनावारी हुन्छ । महिनावारी भन्ने बित्तिकै हाम्रो समाजले छुई हुनु, पर सर्नु, फट्कनु लगायतका रुपमा बुझ्ने गरेको पाइन्छ । महिनावारी हाम्रो समाजमा कसंस्कारको रुपमा जडा गाडेको छ । यो समाजले यसलाई एउटा सृष्टिको उदयको रुपमा नहेरेर कुसंस्कारको रुपका हेर्दै आएको पाइन्छ । गलत रुपमा बुझेको वा भनौ परिभाषित गरेको पाइन्छ । ठाउँ तथा संस्कृतिअनुसार महिनावारी हुँदा छुट्टै छाउगोठ बस्ने चलन छ । यसमा ग्रामिण भेगका महिलाहरु धेरै बस्ने गरेको पाइन्छ । गाई भैसी बाध्ने गोठमा त कोही घरदेखि टाढाको छाउगोठमा बस्न बाध्य पारेर महिलामाथी महिनावारी विभेद गरिँदै आएको देखिन्छ ।

महिनावारी हुँदा ठाउँअनुसार छाउगोठ बस्ने चलन रहेको पाइन्छ । कहीँ पाँच देखि सात दिन महिनावारी बार्ने चलन हुन्छ भने कहीँ १० चार दिनसम्म मात्र बार्ने चलन रहेको पाइन्छ । महिलाहरु महिनावारी भएका बेला चुुलोे चौको नछुने, अलग्गै बस्ने र नुहाउनका लागि छुट्टै पानी धारो बनाएर नुहाउने गरेको यहि समाजमा देख्न सुन्न पाइन्छ । समाज परिर्वतनसँगै महिनावारी विभेदमा केही परिर्वतन भएता पनि जति हुनुपर्नेथ्यो त्यही हुन सकेको छैन । विशेष त हामी आफै महिनावारी बार्ने चलनले महिनावारी विभेद कम हुन सकेको छैन ।

हामी आफै, भन्छौँ हामीलाई समस्या भयो, स्वास्थ्यमा समस्या आयो । तर, महिनावारी विभेदको अन्त्य गरौँ भनेर हामी सबै महिलाहरु एकजुट भएर अघि बढेको पाइदैन । महिनावारी हुनु भनेको हाम्रो शरीरमा भएका रागरसहरूको मात्रामा आउने परिवर्तनका कारणले हुने गर्दछ । तर, यसलाई विभिन्न रुपमा विभेद गर्दै आएका छौँ ।

महिनावारी प्राकृतिक सरसफाई प्रक्रिया हो र महिनावारी हुनु भनेको एउटी केटी हरेक महिना गर्भवती हुन तयार हुने सङ्केत पनि हो । तर, हामीले यसलाई कुसस्कारका रुपमा विकास गरेका छौँ । आफैले आफैलाई नछुने बनाएका छौँ । अहिलेको २१ औँ शताब्दीमा पनि मनोसामाजिक रुपमा परेको असर र आकस्मीक रुपमा भएको कुनै घटनालाई आधार मानेर मानिसहरुले यस्ता कु–संस्कार अगालीरहेको पाइन्छ । त्यसैले सोचले कुसंस्कार बदल्ले भएकोले महिनावारी के हो ?, मर्यादित महिनावारी के हो ?, र महिनावारी भएको अवस्थामा बार्ने र बार्न बाध्य बनाउने व्यक्तिहरुका लागि बनेको कानुनको बारेमा बुझ्न आवश्यक छ ।

महिनावारी जैविक प्रक्रिया हो । प्रजनन उमेरका महिलाहरुको डिम्वासयमा प्रत्येक १४ दिनमा डिम्ब परिपक्क भएर डिम्बासयबाट बाहिर आउँछ । यदि डिम्ब र शुक्रकिट विचमा निशेचन नभएको खण्डमा परिपक्क भएको डिम्ब नष्ट भएर जान्छ र पाठेघरमा भएको रगतको तह च्यातीएर महिलाको योनीबाट रगत बाहिर आउने प्रक्रियालाई महिनावारी भनिन्छ । बालिकामा ११ देखि १२ वर्ष उमेरबाट सुरु भई ४५ देखि ४९ वर्ष सम्मका महिलामा रहने गर्दछ । सामान्यतया महिनावारी चक्र २८ दिनको हुन्छ ।

महिनावारीलाई गलत रुपमा परिभाषित नगरेर महिनावारी भएको समयमा महिलाहरुले सरसफाईमा एकदमै ध्यान दिनुपर्छ । तर, सरसफाईमा ध्यान दिनुको साटो देउता रिसाउँछन् भनिरहेका हुन्छौँ । जहाँ हामी धारामा नुहाउँदा पनि अनिष्ट हुने, पानीको मुल सुक्ने डरले धारामा पनि नुहाउदैर्नौँ । महिनावारी भएको समयमा हामीले सरसफाईमा ध्यान दिने हो भने हाम्रो शरिरमा भएको आधा रोग निको हुन्छ । तर, हामी सरसफाईमा ध्यान नदिएर कहिले पाँच दिन होला अनि शुद्ध हुम्ला भनेर सरसफाईमा ध्यान दिएको पाइदैन ।

महिनावारी भएको समयमा सफा लुगाकपडाहरु, सेनेटरी प्याडहरुको प्रयोग गनुपर्छ । त्यो समयमा बेला बेलामा अङ्गहरुलाई सफा गरिराख्नुपर्छ । अब महिनावारी विभेद अन्त्यका लागि समाजका सम्पुर्ण तह तप्काबाट महिनावारीलाई कुसंस्कारका रपमा नलिएर सृष्टिको उदयका रुपमा लिन सबै सकारात्मक भएर लाग्न आवश्यक छ ।

प्रतिक्रिया