सोच बदलौ, महिवारीलाई मर्यादित मनाऔँ

सोच बदलौ, महिवारीलाई मर्यादित मनाऔँ

दैलेख : महिनावारी बार्ने चलन अर्थात महिनावारी विभेद समाजमा जरो गाडेर बसेको छ । महिनावारी विभेदले महिलाको जीवनमा प्रत्यक्ष प्रभाव पारिरहेको छ । महिनावारी भएको अवधिमा महिलालाई बहिष्कृत गर्ने, छाउगोठ, गाई भैसीँ बाँध्ने गोठमा राख्ने, विभिन्न किसिमको विभेद, हिंसा र अमानवीय व्यवहार गरेको घटनाहरु थुप्रै छन् ।

यो मानव अधिकारको उल्लंघन हो । संस्कृति र धर्मका नाममा माहिनावारी भएको अवधिमा महिलामाथि हुँदै आएको गलत व्यवहारले उनीहरुको समग्र विकासमा अवरोध पु¥याइरहेको देखिन्छ । महिनावारी विभेद अन्त्यका लागि सरकारी तथा गैरसरकारी निकायहरुबाट थुप्रै प्रयासहरु समेत भएका छन् । सरकारले कर्णाली, सुदुरपश्चिम लगाएतका क्षेत्रमा केहि वर्षअघि छाउगोठ भत्काउने अभियान नै चलाएको थियो । यद्धपी व्यवहारिक रुपमै अन्त्य भने हुन सकेको छैन् । सोच परिवर्तन अर्थात मनको छाउगोठ नभत्काएसम्म छाउगोठ मात्रै भत्काएर महिनावारी विभेद अन्त्य हुने देखिदैन् ।

ज्वाला सन्देश डटकम अनलाइनमार्फत महिनावारी बार्ने चलन अर्थात महिनावारी विभेद व्यवहारिक रुपमै अन्त्य गर्नका लागि सचेतना फैलाउने उदेश्यसहित सानो प्रयास स्वरुप साप्ताहिक स्तम्भ ‘कुरा महिनावारीका’ सुरु गरेका छौ । यस स्तम्भ अन्तरगर्त तेह्रो श्रृंखलामा सामाजिक अभियान्ता रमा श्रेष्ठसँगकुराकानी गरेका छौँ । प्रस्तुत छ, सोसेक नेपालको महिला र बालबालिका केन्द्रका संयोजक समेत रहेकी श्रेष्ठसँग गरिएको कुराकानीको अंश :

महिनावारी (रजस्वला) के हो ?

महिनावारी महिलाको गर्भाशयको भित्री अस्तर रगत र उक्त योनिबाट निष्कासन हुने प्रक्रिया हो । महिनावारी हुनु एउटा महिला र किशोरी हरेक महिना गर्भवती हुन तयार हुने संकेत हो । यदि महिला महिनावारी भईन भने पाठेघरले बनाएको रगतको तह विस्तारै यौनिमार्ग हुँदै रगतका रुपमा शरीरबाट बाहिर निस्कन्छ जुन रगतको रङ्ग रातो हुन्छ र कहिले कहि ढिका जस्ता भएर जमेको रगतका रुपमा बाहिर निस्कन्छ त्यो नै महिनावारी (रजस्वला ) हो ।

महिनावारी हुँदा सरसफाइमा कसरी ध्यान दिने ?

महिनावारी हुदाँ शारिरीक सरसफाइमा विषेश ध्यान पु¥याउनु पर्ने हुन्छ । महिला महिनावारी हुदाँ फोहोर कपडा प्रयोग गर्ने गर्छन । यसले उनहिरुको गुप्तांगमा संक्रमणको समस्या बढि देखिन्छ । गुप्तांगमा भएको संक्रमणले पछि गएर शरीरको प्रजनन् अगंमा पनि संक्रमण हुने सम्भावना हुन्छ । त्यसकारण सेनेटरी प्याडको प्रयोग गर्ने, नरम सफा कपडा प्रयोग गर्ने गर्नुपर्दछ । ४/४ घण्टामा कपडा फेरबदल गर्ने, प्रयोग गरेको कपडा साबुन पानिले सफागरी घाममा राम्ररी सुकाएर पुन प्रयोग गर्न सकिन्छ ।

महिनावारीको रगत अपवित्र भन्ने गरिन्छ, यसलाई कसरी चिर्नुहुन्छ ?

हाम्रो समाजमा महिनावारीसगँ जोडिएको कुरालार्ई लाज नमानी परिवारमा छलफल गर्ने । यो मासिक प्रक्रिया हो । यसलाई छुई मान्ने गर्नु हुदैन । हाम्रो दिन्दु धर्म शास्त्रमा कुनै पनि शास्त्रमा मासिक महिनावारीको विषयमा उल्लेख गरिएको छैन । यो एउटा मानिससले बनाएको कुसंस्कार कुप्रथा हो यस्लाई बढावा दिनु भन्दा निरुत्साहित गर्नु पर्छ । महिनावारी जैविक प्रक्रिर्या हो ।

महिनावारी हुँदा घरबाट अलग्गै छाउगोठ, गाईबस्तु बाँध्ने गोठमा बस्ने चलन राम्रो हो त ?

यो चलन राम्रो होईन किनकी हामी मान्छे हौ । मान्छे चेतनशिल प्राणी हो । हामी सोच्न, सम्झन सक्छौ के राम्रो के नराम्रो भनेर ५,१० मिटर टाढा छाउगोठमा मान्छेलाई एक्लै सुताउँदा, उनिहरु छाउगोठमा सुरक्षित हुँदैनन । एक्लै सुत्दा रातीमा उनीहरु जबरजस्ती करणीमा पर्ने, ज्यान जाने, अझ त्यसमा सुन गरगहना लगाएर सुतेको छ भने चोरी हुने सम्भावना रहन्छ । सर्पले टोकेर कयौ महिलाको ज्यान गएको समाचार पनि सुनेका छौ । महिला र किशोरीमा आउने प्रजनन् प्रक्रियामा दोष लगाईएको छ । श्रृष्टिकर्ता महिला हो । महिला नभए श्रृष्टि हुँदैन थियो होला ।

कर्णालीका विभिन्न क्षेत्रका महिला तथा किशोरीहरु देउता रिसाउने, अनिष्ट हुने भयले महिनावारी बार्ने चलनलाई निरन्तरता दिन बाध्य छन् । अब देउतालाई कसले सम्झाइदिने ?

देउतालाई होईन हामी चेतनशिल प्राणी भएका मानिसहरुले बुझ्ने कुरा हो । कर्णाली प्रदेश, सुदुरपश्चिमका केही जिल्ला वा ठाउँहरुमा यो समस्या जल्दोबल्दो रुपमा देखा परेको छ । रजस्वला भएको महिला किशोरी घरको आगनसम्म आएमा देउता रिसाउँछन् भन्ने, कोहि विरामी भए, लडेर चोटपटक लाग्यो भने छुईमुसो भयो भन्ने चलनलाई कुल्चिएर अब अगाडि बढ्न सक्नु पर्छ । यस्तो वेलामा आराम गर्ने पोषण युक्त खाना खाने गर्नु पर्दछ । घर बाहिरको कामको बोझ बढेको पाईएको छ । हाम्रो सोच बदलौ समाज परिवर्तन गर्नको लागि म बाट सुरुवात गर्नु पर्छ । अनि मात्र हामी सवै परिवर्तन हुन्छौ र समाज परिवर्तन हुन्छ ।

महिनावारी विभेदलाई कसरी अन्त्य गर्ने ?

पहिला त हाम्रो सोच बदलौ । समाज परिवर्तन गर्नको लागि म बाट सुरुवात गर्नु पर्छ । अनि मात्र हामी सवै परिवर्तन हुन्छौ र समाज परिवर्तन हुन्छ । हाम्रो आनीवानी व्यवहार सकारात्मक भई यो शारिरीक प्रक्रिया हो यसलाई सामान्य रुपमा हेर्नसक्नुपर्छ । घरमा छोरी बुहारी, दिदी, भाउजु, आमा बज्यैहरुलाई सुरक्षित महसुस गराउनुपर्छ । परिवारमा यो विषयमा चर्चा परिचर्चा भएमा मात्र यो विभेदलाई अन्त्य गर्न सकिन्छ ।

महिनावारी विभेदलाई अन्त्य गर्न स्थानीय, प्रदेश र संघीय सरकार तथा स्वंयम समुदायको भूमिका के हुनुपर्छ ?

स्वय समुदायमा महिला मनिावारी भएको समयमा परिवारसगँ आफै कुरा गर्ने र महिनावारी भएको विषयमा विभेद भएको छ भने स्थानिय सरकारलाई जानकारी गराउने । स्थानिय सरकारले मर्यादित महिनावारी बनाउनको लागि बजेटको व्यवस्थापन गर्ने । महिनावारी (रजस्वला) को विषयमा घर परिवार, टोल, विद्यालय, संजाल र समुदायमा पटक पटक छलफल,अन्र्तक्रिर्या कार्यक्रम गर्ने । महिनावारीलाई मर्यादित गर्नको लागि स्थानिय सरकारले महिनावारी भएका महिला र किशोरीहरुको विषयमा चासो लिएर परिवारले गर्ने व्यवाहार ,खाना,पोषणको कुराहरुमा अनुगमन गर्ने । सघं ,प्रदेशले मर्यादित महिनावारी बनाउनको लागि बजेटको व्यवस्थापन गर्ने । संघ र प्रदेशले महिनावारी भएका महिला र किशारीको महिनावारीलाई मर्यादित गर्नको लागि स्थानिय सरकारले के के पहल ग¥यो र हाल को अवस्था कस्तो छ भनी प्रत्येक ३,३ महिनमा प्रगती प्रतीवेदन माग्ने र प्रतिवेदन अनुरुप काम भए नभएको अनुगमन गरी थप सल्लाह सुझाबको साथमा सहयोग गर्ने ।

अन्त्यमा महिनावारीलाई मर्यादित बनाउने उपाए के के होलान् ?

महिनावारी मर्यादित गर्नको लागि पहिला त महिनावारी बा¥नु हुँदैन । महिनावारी भएको समयमा पोषिला खानाको व्यवस्था गरिनु पर्छ । महिनावारी भएको समयमा शरिरबाट रगत बगिरहने भएकोले कमजोरीपना हुन्छ । त्यस्तो वेला शरीरलाई आराम दिुनु पर्छ । महिनावारीको विषयमा प्रयोग भएका कपडा र गरिएको व्यवहार विषयमा छलफल गर्ने र राम्रा व्यवहारलाई आत्मसात गरी नराम्रा व्यवहारलाई परिमार्जन गर्ने गरेमा विभेदको अन्त्य हुन्छ ।

प्रतिक्रिया