बालअधिकारका विषयमा तीजका गीत

बालअधिकारका विषयमा तीजका गीत

ज्वाला सन्देश समचारदाता
दुल्लु, भाद्र ३० – नेपाली महिलाहरुको महान चाड तीजको अवसर पारेर दुल्लू क्षेत्रमा आयोजना गरिएको तीज गीत प्रतियोगिता दुल्लूमा सम्पन्न भएको छ । १३ समूहको सहभागिता रहेको उक्त तीज गीत प्रतियोगितामा दुल्लू नगर क्षेत्रका विभिन्न भागका महिलाहरुको सहभागिता रहेको थियो ।

दुल्लुमा वाल अधिकार विषय भएको तिज गित प्रतियोगितामा सहभागि समुह गित गाउँदै र नाच्दै

कार्यक्रममा दुल्लू नगरपालिका ८ घियातीदुका राजु आचार्यको समूह प्रथम, दुल्लू न.पा. ९, धामीगाउँका कृष्णा परियारको समूह द्धितीय, दुल्लू न.पा. ५, मुडेदेवलका सुमित्रा नेपालीको समूह तृतीय र दुल्लू न.पा. ४, शान्तिबजारका प्रमिला ढुङ्गानाको समूहले सान्त्वना स्थान हासिल गरेको थियो । कार्यक्रममा बालअधिकार, बालबालिकामाथि हुने घरेलु हिंसा, बालदुव्र्यवहार, बालश्रम, बालबालिकाको विद्यालय बाहिरका बालबालिकाको विषयमा तीजकागीतहरु रन्किएका थिए । विगतका बर्षहरुम ामहिलाहरुले माइती र पोइलीका सम्बन्ध र घरायसी विषयवस्तुहरुमा गीत गाउने गरेकोमा यस पटकको तीजमा बालअधिकारको विषयमा तीज गीत प्रतियोगिता सफल भएको दुल्लू नगरपालिकाका निमित्त कार्यकारी अधिकृत रत्ना गिरीले बताउनुभयो । कार्यक्रममा नगर बाल संरक्षण तथा सम्बर्धन उप समितिका अध्यक्ष नयाराम थापाको अध्यक्षतामा सञ्चालित कार्यक्रममा दुल्लू क्षेत्रका हजारौँ नागरिकको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन तुलसी भण्डारीले गर्नुभएको थियो । मूल्याङ्कनमा कलाकार तेज बहादुर हमाल, हीरा खड्का र सूर्य विश्वकर्माले जिम्मेवारी सम्हालेका थिए । कार्यक्रममा सहयोग सेफ द चिल्ड्रेनसंग साझेदारीतामा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखछारा संचाचित, एकिकृत परियोजनावाट सहयोग गरेको थियो ।

प्रतिक्रिया