मेमोरी किङ्ग अर्पण शर्मा दैलेख आउँदै

मेमोरी किङ्ग अर्पण शर्मा दैलेख आउँदै

दैलेख बैशाख २६– स्मरण शक्ति अभिवृद्धि सम्बन्धी २ दिने तालिम दैलेख सदरमुकाममा हुने भएको छ । गुरासँ कम्प्युटर इन्ष्टिच्युट दैलेखको आयोजनामा यही बैशाख २८ र २९ गते (शुक्रवार र शनिवार) तालिम हुने भएको हो ।

विद्यार्थी, शिक्षक, कर्मचारी, राजनीतिज्ञ, व्यापारीहरुलाई लक्षित गरी स्मरण शक्ति अभिवृद्धि तालिम सञ्चालन गर्न लागिएको आयोजक गुराँस कम्प्युटर इन्ष्टिच्युट दैलेखका म्यानेजिङ डाइरेक्टर हस्त रावलले जानकारी दिए । तालिममा प्रशिक्षण दिन संसारकै सबै भन्दा तेज स्मरण शक्ति भएका, गिनिज बुकमा नाम लेखाउन सफल व्यक्तित्व अर्पण शर्मा (ममोरी किङ्ग) आउने आयोजकले जनाएको छ ।
तालिममा स्मरण शक्तिलाई अभिबृद्धी बढाउनका साथै स्मरण शक्ति १० गुणा सम्म अभिवृद्धि गराउन १० घण्टाको पढ्ने कुरा १ घण्टा मै पढेर जान्न सकिने सजिलो वैज्ञानिक विधिहरु, भाषणलाई सिलसिलेवार सम्झेर प्रस्तुत गर्न सकिने विधिहरु, पढेका कुराहरु परीक्षामा सजिलै सम्झन सक्ने सजिलो विधिहरु, तिथि, मिति, मोबाइल नम्बरहरु याद गर्न सकिने वैज्ञानिक विधिहरु, शब्द, वाक्य,अनुच्छेद, परिभाषा सजिलै याद गर्न सकिने तरिकाहरु, कम्प्युटरमा जस्तै फोल्डर बनाएर पढेका कुराहरुलाई मष्तिस्कमा व्यवथापन गर्नसक्ने वैज्ञानिक विधिहरु, जापानी र कोरियन तथा अन्य भाषा पढ्ने विद्यार्थीहरुको लागि भाषा सम्झन, बुझ्न सक्ने सरल विधिहरु, गणित र विज्ञानका जटिल फर्मूलाहरु सजिलै यादगर्न सकिने वैज्ञानिक विधिहरुको वारेमा विस्तृत रुपमा फाइदा लिन सकिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया