विद्यार्थी र अभिभावकसंग अन्तरक्रिया

विद्यार्थी र अभिभावकसंग अन्तरक्रिया

काठमाण्डौ–साउदेन क्रस यूनिभर्सिटीले एडुको ईन्टरनेशनल ग्लोबल सँगको सहकार्यमा नेपालमा एकदिने अन्तरक्रिया तथा छलफल कार्यक्रमको आयोजना गरेको छ । काठमाण्डौको अन्नपूर्ण होटलमा आयोजित कार्यक्रममा साउदेन क्रस यूनिभर्सिटीमा अध्ययनका लागि एप्लीकेशन दिएका तथा भिसा समेत आईसकेका विद्यार्थी तथा तिनका अभिभावकहरुसँग बिश्वविद्यालयका प्रतिनिधिहरु समेतको उपस्थितीमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।

पछिल्लो समय नेपाली विद्यार्थीह्रुको रोजाईमा अग्र स्थानमा रहँदै आएको र अष्ट्रेलियाका मुख्य तिन शहर सिड्नी, मेलबर्न, र पर्थमा आफ्नो सिटी क्याम्पस संचालन गरीरहेको साउदेन क्रस यूनिभर्सिटीले विद्यार्थी र अभिभावकलाई परामर्श प्रदान गर्नुका साथै छलफलको आयोजना गरीएको एडुकोका दक्षिण एसियाली क्षेत्रिय निर्देशक प्रज्ञा शाहले जानकारी दिनुभयो ।
नेपाली विद्यार्थीहरुले अध्ययनका लागि अपनाउनु पर्ने सजगता, अष्ट्रेलियाको ऐन, नियम कानून, त्यहाँको रहनसहन, बसाई लगायतका बिषयमा र साउदेन क्रस यूनिभर्सिटीका बारेमा नेपालमै विद्यार्थी र तिनका अभिभावकहरुलाई जानकारी प्रदान गर्ने उद्धेश्यले यस कार्यक्रमको आयोजना गरिएको निर्देशक शाहले बताउनु भयो ।
त्यसैगरि साउदेन क्रस यूनिभर्सिटीले नेपालवाट आफ्नो विश्वविद्यालमा विद्यार्थीहरु पठाईरहेका परामर्श दातृ संस्थाका प्रतिनिधिहरुसँग पनि छलफल र अन्तरक्रिया गरेको छ । अन्तरक्रिया कार्यक्रममा विद्यार्थीहरुले विश्वविद्यालयका बारेमा आफ्नो मनमा लागेका जिज्ञासाहरु सोधेका थिए भने साउदेन क्रस यूनिभर्सिटी मेलवर्न क्याम्पसवाट आउनु भएकी एनी भसील तथा सिड्नी क्याम्पसवाट आउनु भएका फ्याङ्गलोङ्ग लुओले विश्वविद्यालयले प्रदान गर्ने शिक्षा, छात्रबृती लगायतका बिषयमा बिस्तृत रुपमा जानकारी गराएका थिए ।

त्यसैगरि एडुको ईन्टरनेशनल ग्लोबलका जोन डिजोनले नेपाली विद्यार्थीह्रुले अष्ट्रेलिया जानु अघि बिद्यार्थी र अभिभावकहरुले कसरी तयारी गर्ने भन्ने सन्दर्भमा जानकारी गराएका थिए ।
साउदेन क्रस यूनिभर्सिटी बिश्वका स्थापनाको ५० बर्ष मुनिका बिश्वविद्यालयहरुको र्याङकमा १ सय ५० औ स्थानमा रहेको बिश्वप्रसिद्ध विश्व विद्यालय हो । अष्ट्रेलियाको गोल्डकोष्टमा मुख्य कार्यालय रहेको यस बिश्वविद्यालयका अष्ट्रेलियाभरी र गरी ६ वटा सिटि क्याम्पसहरु रहेका छन् । अष्ट्रेलियाको सरकारी विश्वविद्यालय साउदेन क्रस यूनिभर्सिटीले अष्ट्रेलियाको सिड्नी, मेलबर्न, र पर्थमा सिटी क्याम्पसका रुपमा आफ्नो बिश्वविद्यालयका बिभिन्न कोर्षहरु संचालन गरीरहेको छ ।
यस बिश्वविद्यालयले प्रत्येक बर्ष फेब्रुअरी, जुलाई र नोभेम्बरमा गरी तिन ईनटेकमा भर्ना लिदै आईरहेको छ । डिप्लोमा तथा ब्याचलर तहको बिजनेश, म्यानेजम्यान्ट, एकाउण्ट र आईटीलाई मुख्य बिषयका रुपमा यस बिश्वविद्यालय तथा सिटि क्याम्पसहरुमा अध्ययन अध्यापन हुदै आईरहेको छ ।

प्रतिक्रिया